बुधबार, असार ३१, २०८३

प्रधानन्यायाधीशमा सिफारिस जोशीको सुनवाई आज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीश पदका लागि सिफारिस भएका दीपकराज जोशीको सुनुवाइ आज (बिहीबार) गर्दैछ । जोशीविरुद्ध परेका पाँचवटा उजुरीमाथि छलफल गरेपछि आज सुनुवाई गर्न लागेको हो ।

समितिको गएको विहीबार बसेको बैठकले सरकारले प्रधानन्यायाधीशका लागि सिफारिस गरिएका जोशीको सुनुवाई प्रक्रिया सुरु गरेको थियो । 

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध पाँचवटा उजुरी संघीय संसद्मा दर्ता भएका छन् । जोशीले समितिमा प्राप्त उजुरीको जबाफ दिनेछन् । त्यसपश्चात नियुक्ति प्रक्रिया अघि बढ्नेछ । समितिको बहुमतबाट प्रधानन्यायाधीशको अनुमोदन हुन सक्ने नियम छ । 

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपश्चात राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ । 

डेढ महिना अघि संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको लागि जोशीलाई सिफारिस गरेर संसदीय सुनुवाइका लागि पठाएको थियो । तर, संसदीय सुनुवाइ विशेष समिति नबनेकै कारण उनको सुनवाई रोकिएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।