शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • दक्षिण कोरियामा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित

दक्षिण कोरियामा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित

सरकारी अधिकारीहरुले शनिबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा तीन लाख ८३ हजार ६६५ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन्।
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

सउल- दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या गत शुक्रबार सबैभन्दा धेरै देखिएको छ। सरकारी अधिकारीहरुले शनिबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा तीन लाख ८३ हजार ६६५ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन्। 

National life

योसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या ६२ लाख छ हजार २७७ पुगेको छ। कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरस फैलिएकाले संक्रमितहरुको संख्या अत्यधिक देखिएको बताइएको छ। नयाँ संक्रमित मध्ये ८० हजार ४३७ जना राजधानी सउलका मात्रै रहेका छन्। 

त्यसैगरी ग्योङगी प्रान्तम एक लाख सात हजार ९४१ र इन्चेओनमा २३ जहरा ७३५ जना संख्यामित भएका छन्। कुल संक्रमित मध्ये एक हजार ६६ जना मात्रै गम्भीर अवस्थामा रहेका छन्। ती मध्ये ५० जना पछिल्लो एक दिनमा थपिएका हुन। 

कोरोनाकै कारण दक्षिण कोरियामा पछिल्लो एक दिनमा २६९ जनाको मृत्यु भएको छ। योसँगै कुल मृतकको संख्या भने १० हजार १४४ पुगेको अधिकारीहरुले जनाएका छन्।  सिन्ह्वा

प्रकाशित: Mar 12, 2022| 21:40 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।