बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हात्तीपाइले रोगविरुद्धको औषधि सेवनमा नागरिकको उत्साह बढ्दो

हात्तीपाइले रोगविरुद्धको औषधि सेवनमा नागरिकको उत्साह बढ्दो

जनस्वास्थ्य कार्यालय मोरङद्वारा आज यहाँ आयोजित ‘हात्तीपाइले रोगविरुद्धको औषधि सेवन’ शुभारम्भ कार्यक्रममा सो उत्साह देखिएको हो।
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८
National life
Shivam cement

विराटनगर- मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवनमा आम नागरिकको उत्साह देखिएको छ। जनस्वास्थ्य कार्यालय मोरङद्वारा आज यहाँ आयोजित ‘हात्तीपाइले रोगविरुद्धको औषधि सेवन’ शुभारम्भ कार्यक्रममा सो उत्साह देखिएको हो। व्यक्तिको उचाइअनुसार नौ वटा चक्कीसम्म खान हुने सो औषधि छारेरोग, गर्भवती महिला, सुत्केरी महिला, सिकिस्त बिरामी र दुई वर्षभन्दा कम उमेरका बालबालिका सेवन गर्न नहुने चिकित्सकले बताएका छन्। 

जुकाको औषधिसमेत खुवाइने यो अभियान मोरङमा १४ दिनसम्म चल्ने र करिब १० लाख मानिसले सेवन गर्ने स्वास्थ्य कार्यालयका अधिकृत धरणीधर निरौलाले बताए। उनले यो औषधि सेवन गराउन जिल्लाभरि ७३२ जना स्वयंसेवक परिचालन भएको र यसपटकको औषधि सेवन ११ औँ  भएको उनले बताए।

सो अवसरमा इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले यो औषधि सेवन गर्न योग्य मानिसलाई प्रतिकूल असर नगर्ने भएकाले निर्धक्क भएर औषधि सेवन गर्न आग्रह गरे। जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले हात्तीपाइले जस्तो रोगले मानिसलाई अपाङ्गसम्म बनाउनसक्ने भएकाले यो औषधि सेवन गर्न सुझाव दिए। कार्यक्रममा प्रदेश नं १ का स्वास्थ्य सचिव डा अनुज भट्टचन र संघीय स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा संगीता मिश्राले पनि औषधि सेवनले मानिसको जीवन सरल र स्वस्थ्य हुने बताए।

प्रकाशित: Mar 12, 2022| 14:20 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।