बुधबार, असार ३१, २०८३

 धुलिखेलमा बस पल्टियो, २८ जना घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बनेपा- काभ्रेको धुलिखेल नगरपालिकामा वडा नम्बर ६ मा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परि २८ जना घाइते भएको प्रहरीले जनाएको छ । 

भकुण्डेबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ३० मिटर तल खोल्सामा खसेको  जिल्ला प्रहरी कार्यलयले जनाएको छ । घाइते मध्ये करिब आधा दर्जनको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । 

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको  छ। बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।