आइतबार, चैत ८, २०८२

विराटनगरको स्थानीय पाठ्यक्रम तयार

विद्यार्थीमा स्थानीयतहको भौगोलिक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक विषयको ज्ञान दिने उद्देश्यले पाठ्यक्रम तयार गरिएको महानगर प्रमुख भीम पराजुलीले बताए । महानगर क्षेत्रका विद्यालय अनुगमन गर्दा विद्यार्थीमा स्थानीयताबारे ज्ञानको कमी भएको आफुले पाएपछि स्थानीय पाठ्यक्रम तयार गर्ने काम चाँडो सक्न उनले निर्देशन दिएका थिए।
 |  शुक्रबार, साउन २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०७८

विराटनगर- विराटनगर महानगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेको छ । स्थानीय भूगोल, भाषा, पर्व र संस्कृतिलगायतका विषयलाई समेटेर स्थानीय पाठ्यक्रम तयारी गरिएको हो। कक्षा १-५ मा लागु हुने स्थानीय पाठ्यक्रमको शुक्रबार विमोचन गरिएको छ।  

National life

विद्यार्थीमा स्थानीयतहको भौगोलिक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक विषयको ज्ञान दिने उद्देश्यले पाठ्यक्रम तयार गरिएको महानगर प्रमुख भीम पराजुलीले बताए । महानगर क्षेत्रका विद्यालय अनुगमन गर्दा विद्यार्थीमा स्थानीयताबारे ज्ञानको कमी भएको आफुले पाएपछि स्थानीय पाठ्यक्रम तयार गर्ने काम चाँडो सक्न उनले निर्देशन दिएका थिए।

राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ मा भएको प्रावधानअनुसार स्थानीय तहले विद्यालय तहको पाठ्यक्रममा १ सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्न पाउने व्यवस्थाअनुसार विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले स्थानीय पाठ्यक्रमअनुसार ‘हाम्रो विराटनगर’ पुस्तक निर्माण गरेको हो। 

पाठ्यक्रम विराटनगर क्षेत्रका सवै नीजि तथा सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०७८ देखि अनिवार्य लागू गरिएको महानगर प्रमुख पराजुलीले जानकारी दिए। ‘यही पाठ्यक्रममा आधारित रहेर स्थानीय भाषामा पनि प्रकाशित हुने छ,' मेयर पराजुलीले भने। 

नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले पाठ्यक्रमले कक्षा १–५ सम्मका विद्यार्थीलाई स्थानीय तहका भूगोल, इतिहास, परम्परा र संस्कृतिबारे जिज्ञासा जगाउन सहयोग गर्ने बताए। संस्थागत विद्यालय राजन छराहाङ, शिक्षक महासंघका सचिव डेकबहादुर बास्तोला, नेपाल शिक्षक संघका अध्यक्ष शिवराज कोइराला, विराटनगर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने लगायतले पाठ्यक्रम विकासले विद्यार्थीलाई स्थानीयताबारे बुझ्न सजिलो हुने बताएका थिए। कक्षा ६–८ सम्मको परिष्कृत पाठ्यक्रम पनि चाँडै निर्माण गरिने प्रमुख पराजुलीले बताए। प्राध्यापक डा अनील पोखरेलको संयोजनमा स्थानीय पाठ्यक्रम निर्माण समितिले पाठ्यक्रम निर्माण गरेको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 06, 2021| 20:39 शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्