शनिबार, फागुन २३, २०८२

पद त्याग्दै चिनियाँ प्रधानमन्त्री

चिनियाँ प्रधानमन्त्री ली खछ्याङले आफूले पद त्याग गर्न लागेको बताएका छन्।
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

बेइजिङ- चिनियाँ प्रधानमन्त्री ली खछ्याङले आफूले पद त्याग गर्न लागेको बताएका छन्। शुक्रबार खछ्याङले जारी गरेको भिडियो सन्देशमा प्रधानमन्त्रीका रूपमा आफूले दोस्रो कार्यकाल पूरा गरेपछि पद त्याग गर्ने उनले बताएका हुन्। 

National life

'प्रधानमन्त्रीका रूपमा मेरो यो अन्तिम वर्ष हो,' उनले भनेका छन्। चिनियाँ सत्तारुढ दल चिनियाँ कम्युनिस्ट पार्टीको दोस्रो वरीयतामा रहेका ६६ वर्षीय खछ्याङ राष्ट्रतपि सी जिनपिङपछिको वरीयतमा छन्। 

एउटै पदमा लगातार दुई कार्यकाल जिम्मेवारी पूरा गरेपछि रिटायर हुनुपर्ने सीसीपीको विधान छ। लीका साथै सीपीसीका अन्य सदस्यले पनि यसै वर्ष निवृत्ति लिँदैछन्।

ली सीपीसीको स्थायी कमिटी सदस्य छन्। सन् १९७६ मा सीसीमा आबद्ध भएका लीले पेकिङ विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन्। चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार उनले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। 

प्रकाशित: Mar 12, 2022| 12:49 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।