शुक्रबार, साउन २९, २०८३

टोटी नालामा ट्रस्ट पुल बन्ने

पुल उपभोक्ता समितिमार्फत निर्माण गरिनेछ। त्यसमा सामाजिक तथा प्राविधिक सहयोग नेपाल राष्ट्रिय विकास समाज कञ्चनपुरको रहेको छ।
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–७ स्थित टोटी नालमा रु ७१ लाख लागतमा ट्रस्ट पुल बनाउने प्रक्रिया अगाडि बढाइएको छ। पुल उपभोक्ता समितिमार्फत निर्माण गरिनेछ। त्यसमा सामाजिक तथा प्राविधिक सहयोग नेपाल राष्ट्रिय विकास समाज कञ्चनपुरको रहेको छ।

पुल निर्माणका लागि नगरपालिकाको नौ लाख २४ हजार १२ (१३ प्रतिशत), समुदायको श्रमदान एक लाख ४२ हजार १५५ (२ प्रतिशत), दातृ संस्था स्वावको अनुदान ६० लाख ४१ हजार ६२३ (८५ प्रतिशत) रहेको छ।

पुल निर्माणको कार्य असार मसान्तसम्म सम्पन्न हुने गरी निर्माण कार्य अगाडि बढाइएको वडाध्यक्ष जगतबहादुर सिंहले बताए। पुल निर्माण भएपछि ४०० घरघुरीका पाँच हजार ५०० लाभान्वीत हुने छन। पुलको लम्बाइ ६४ मिटर रहेको छ। 

प्रकाशित: Mar 12, 2022| 13:00 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।