बुधबार, असार १०, २०८३

तराई मधेशमा बढ्यो महङ्गी

सुगम र सहज यातायात सञ्जाल, स्रोत तथा साधनको उपलब्धता भएपनि तराईमा मूल्यवृद्धिको मात्रामा वृद्धि भएको पाइएको हो।
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

काठमाडौं- तराई मधेशको क्षेत्रमा सबैभन्दा बढी मूल्यवृद्धि भएको पाइएको छ। सुगम र सहज यातायात सञ्जाल, स्रोत तथा साधनको उपलब्धता भएपनि तराईमा मूल्यवृद्धिको मात्रामा वृद्धि भएको पाइएको हो। तराईपछि काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा क्रमशः मूल्यवृद्धिको मात्रामा वृद्धि भएको पाइएको हो। 

National life

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार गत माघ मसान्तसम्म महिनामा काठमाडौं उपत्यकामा ५.४७ प्रतिशत, तराईमा ६.५० प्रतिशत, पहाडमा ५.३२ प्रतिशत र हिमालमा ५.९७ प्रतिशत मुद्रास्फीति रहेको छ। विवरणअनुसार २०७७ माघमा यी क्षेत्रमा क्रमश: २.१२ प्रतिशत, २.७८ प्रतिशत, ३.३० प्रतिशत र २.०५ प्रतिशत मुद्रास्फीति रहेको थियो।

यस्तै उपभोक्ता मुद्रास्फीतितर्फ माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७० प्रतिशत थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति छ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.९६ प्रतिशत छ। 

यस्तै २०७७ माघ महिनाको तुलनामा २०७८ माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २०.६८ प्रतिशत, १४.०७ प्रतिशत र ९.३६ प्रतिशत रहेको छ। साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र फर्निसिङ्ग तथा घरायसी सामग्री उपसमूहको मुद्रास्फीति क्रमशः १५.८७ प्रतिशत, ७.८६ प्रतिशत र ५.९२ प्रतिशत छ। 

थोक मुद्रास्फीतितर्फ गत माघ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १०.३४ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१२ प्रतिशत थियो। समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १२.०९ प्रतिशत, ९.९२ प्रतिशत र ७.०० प्रतिशत रहेको छ। समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १६.६१ प्रतिशत रहेको छ।

Shivam cement

प्रकाशित: Mar 12, 2022| 12:40 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।