बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फुङ्लिङका पीडित परिवारलाई रेडक्रसद्वारा राहत वितरण

फुङ्लिङका पीडित परिवारलाई रेडक्रसद्वारा राहत वितरण

आगलागीबाट दुई घर जलेर नष्ट भएको छ। दुई घर नष्ट हुँदा सात घरका परिवार विस्थापित हुन पुगेको नेपाल रेडक्रस ताप्लेजुङले जनाएको छ।
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

ताप्लेजुङ- ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार बिहान भएको आगलागीबाट सात घर परिवार विस्थापित भएका छन्। विस्थापित परिवारलाई नेपाल रेडक्रस ताप्लेजुङले राहत वितरण गरेको छ।

National life

आगलागीबाट दुई घर जलेर नष्ट भएको छ। दुई घर नष्ट हुँदा सात घरका परिवार विस्थापित हुन पुगेको नेपाल रेडक्रस ताप्लेजुङले जनाएको छ।

आग्नी पीडित परिवालाई चामल प्रतिपरिवार ३० केजी, दाल दुई केजी, नुन एक केजी, खाने तेल एक लिटर, साबुन, मसला साथै कपडा वितरण गरेको नेपाल रेडक्रस ताप्लेजुङले जनाएको छ।

आगलागीमा परेर ६७ वर्षीया चुलीमाया लिम्बूको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए। यस्तै सोही आगलागीमा परी १६ वर्षीया रेविना लिम्बू सामान्य घाइते भएका छन। उनको जिल्ला अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। फुङ्लिङ बजारको कोप्चे डाँडालाइनका रविन आङ्बुहाङ लिम्बूको कच्ची घरबाट बिहान करिव ८: ३० बजेतिर आगो लागेको थियो। आगलागीको कारण खुलिसकेको छैन भने क्षतिको विवरण सङ्कलन गर्ने कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: Mar 12, 2022| 12:20 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।