शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • दिल्लीको गोकुलपुरी क्षेत्रमा आगलागी हुँदा सात जनाको मृत्यु

दिल्लीको गोकुलपुरी क्षेत्रमा आगलागी हुँदा सात जनाको मृत्यु

उत्तर पूर्व दिल्लीका अतिरिक्त डीसीपीले भने, ‘गोकुलपुरी पीएस क्षेत्रमा राति १ बजेतिर आगलागी भएको थियो। उद्धार टोली तुरुन्तै घटनास्थलमा पुगेको थियो। हामीले अग्नि नियन्त्रण विभागलाई सम्पर्क गऱ्यौँ जसले तुरुन्तै प्रतिक्रिया जनाएका थिए। बिहान चार बजेतिर हामीले आगो नियन्त्रणमा ल्यायौँ।’
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

National life
Laxmi sunrise bank
kumari

नयाँ दिल्ली- भारतको राजधानी नयाँ दिल्लीको गोकुलपुरी क्षेत्रमा शुक्रबार राति भएको आगलागीमा सात जनाको मृत्यु भएको छ। यस क्षेत्रमा धेरै झुपडीहरू रहेका छन्।

उत्तर पूर्व दिल्लीका अतिरिक्त डीसीपीले भने, ‘गोकुलपुरी पीएस क्षेत्रमा राति १ बजेतिर आगलागी भएको थियो। उद्धार टोली तुरुन्तै घटनास्थलमा पुगेको थियो। हामीले अग्नि नियन्त्रण विभागलाई सम्पर्क गऱ्यौँ जसले तुरुन्तै प्रतिक्रिया जनाएका थिए। बिहान चार बजेतिर हामीले आगो नियन्त्रणमा ल्यायौँ।’

दुर्घटनामा ३० वटा झुपडी जलेको र सात जनाले ज्यान गुमाएको उनले बताए।  राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले पीडितहरुलाई भेटेर अवस्थाको विवरण लिन गोकुलपुरी जाने बताएका छन्।

प्रकाशित: Mar 12, 2022| 12:00 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।