रसुवा- अविरल वर्षासँगै आएको पहिरोेले रसुवाको टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्टसहित तीन घर बगाएको छ । बुधबार राती गएको पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने छ जना वेपत्ता भएका छन् ।
रसुवाका प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार बुधबार राती करिब १२ बजे तिर पहिरोले प्रहरी पोष्टसहित संगै रहेको ३ घर पुरेको हो । पहिरोमा परि वेपत्ता भएकाहरुको खोजी कार्य तिब्र पारिएको छ भने अझै उद्धार कार्य जारी रहेको उनले जानकारी दिए ।
प्रहरी पोष्टमा रहेका प्रहरी समेत वेपत्ता भएको आशंका गरिएको छ । अहिलेसम्म १२ जनाको पहिरोबाट उद्धार गरिएको छ भने एक जनाको शव निकालिएको प्रहरी प्रमुख तामाङले जनाकारी दिए । पहिरो पाँचवटा सवारी साधन पनि पुरेको छ ।
अहिले घटनास्थलमा लाङटाङ राष्ट्रिय निकुञ्जको भूभागमा पर्ने भएकाले निकुञ्जका मध्यवर्ती अध्यक्ष पेम्बा नुर्पु तामाङ, प्रजिअ, सुरक्षाका प्रमुखहरु घटनास्थलतर्फ गइसकेको बताइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४