आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एक हजार आठ सय खेलाडीले प्रतिस्पर्धा गर्ने बागमती प्रदेश खेलकुद आजबाट

एक हजार आठ सय खेलाडीले प्रतिस्पर्धा गर्ने बागमती प्रदेश खेलकुद आजबाट

हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता आज (शनिबार) बाट सुरु हुँदै छ।
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

काठमाडौं- हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा प्रथम बागमती प्रदेश  खेलकुद प्रतियोगिता आज (शनिबार) बाट सुरु हुँदै छ। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले ओलम्पिक ट्रर्च ओलम्पियन बैकुण्ठ मानन्धरलाई हस्तान्तर गरे पछि १५ दिने प्रतियोगिता सुरु हुनेछ।

National life

बागमती प्रदेशका १३ जिल्लाको सहभागिता रहको प्रतियोगितामा एथलेटिक्स, फुटबल, भलिबल, कराते, तेक्वान्दो, ब्याडमिन्टन, क्रिकेट र बक्सिङ खेलका १ हजार ८ सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।

एथलेटिक्सका महिला ११७ पुरुष १४३ ,फुटबलमा महिला १८० पुरुष २३४ खेलाडी रहेका छन्।

भलिबलमा महिला/पुरुष समान १२२ खेलाडी रहेका छन्। करातेका महिला ९१, पुरुष ११६, तेक्वान्दो ११४,पुरुष १२१ खेलाडीहरूले आआफ्नो तौल समूहमा प्रतिस्पर्धा गर्ने छन्।

त्यसैगरी ब्याडमिन्टनमा ४४ महिला ७२ पुरुष,क्रिकेटमा ४२ महिला १६८ पुरुष र बक्सिङमा २८ महिला र ८६ पुरुष खेलाडी रहेका छन्।

Laxmi sunrise bank
kumari

प्रतियोगिताका लागि बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ।

प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य–सचिव महासचिव रहेको मूल आयोजक कमिटीले विभिन्न ५ वटा उपसमिति गठन गरेको छ।

आठ खेलका आठ वटै प्राविधिक समिति पिप्ले क्याम्पा रंगशालामा फुटबल र थानाभर्याङ कभर्डहलमा ब्याडमिन्टनका खेल फाल्गुन २९ देखि सुरु हुने बताएका छन्।

फाल्गुन ३० देखि चितवनको माडी खेल मैदानमा महिला तथा पुरुष भलिबल र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा महिला तथा पुरुष क्रिकेटका खेलहरू सञ्चालन हुने छन्। हेटौडाको भुटनदेवी स्कुलमा चैत्र ५ देखि तेक्वान्दो हुने छ।

त्यस्तै काठमाडौंको दशरथ रंगशालामा चैत्र ६ देखि एथ्लेटिक्स तथा सिन्धुपाल्चोकमा चैत्र ७ गतेदेखि कराते सुरु हुनेछ।

काभ्रेको धुलिखेल फुटबल मैदानले समापन सहित दुई खेलको आयोजना गर्ने अवसर प्राप्त गरेको छ।

महिला फुटबल चैत्र ७ देखि बक्सिङ चैत्र ९ देखि सुरु हुने छ प्रतियोगिताको समापन चैत्र १२ गते हुनेछ।

प्रतियोगितामा ८ करोड ४ लाख खर्च हुने अनुमान गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी गराएका छन्।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ र प्रत्येक खेलाडीको बिमाको पनि व्यवस्था गरिएको छ।

प्रकाशित: Mar 12, 2022| 07:35 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।