आइतबार, मंसिर ७, २०८२

ला लिगामा कार्डिजविरुद्ध एट्लेटिको मड्रिडको जित

स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा शनिबार राति एट्लेटिको मड्रिडले जित निकालेको छ।
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा शनिबार राति एट्लेटिको मड्रिडले जित निकालेको छ। एट्लेटिकोको वान्डा मेट्रोपोलिटनो फुटबल रंगशालामा भएको खेलमा घरेलु टिमले कार्डिजविरुद्ध २–१ को जित निकालेको हो।

एट्लेटिकोको जितका लागि जोआ फेलिक्स र रोड्रिगो डी पलले गोल गरे। खेलको तेस्रो मिनेटमै फेलिक्सले गोल गरेका थिए। तर पहिलो हाफमा अन्तिम मिनेटमा कार्डिजका अल्भारो नेग्रेडले गोल गर्दै बराबरी गरेका थिए।

यता, रोड्रिगोले ६८औं मिनेटमा गोल गर्दै अग्रता बनाएर एट्लेटिकोले जित निकालेको हो। तर ८८औं मिनेटमा जाभी सेर्रानोले रातो कार्ड बेहोरेपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो।

प्रकाशित: Mar 12, 2022| 07:25 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।