आइतबार, साउन ४, २०८२

खेलकुद मन्त्री अथकद्वारा पोखरा रंगशालाको निरीक्षण

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पोखरा रंगशालाको स्थलगत निरीक्षण गरेका छन्।
 |  शनिबार, फागुन २८, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

vianetvianet

काठमाडौं- युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पोखरा रंगशालाको स्थलगत निरीक्षण गरेका छन्। बिहीबार मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसहित पोखरा पुगेका मन्त्री अथकले रंगशाला परिसरमा रहेका खेल पूर्वाधारको स्थलगत निरीक्षण गरेका हुन्।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारीका सन्दर्भमा जानकारी लिन पोखरा पुगेका मन्त्री अथकले प्रतियोगिताको मिति तय गर्नेबारे छलफल भइरहेको बताए। 'आगामी जेठ दोस्रो साताभित्रै प्रतियोगिता सम्पन्न गर्ने बारे सोचिरहेका छौं', मन्त्री अथकले भने, 'चैत्रमा विद्यालय स्तरीय परीक्षा सञ्चालन हुने तथा वैशाखमा स्थानीय तहको निर्वाचन हुने भएकाले निर्वाचन लगत्तै प्रतियोगिता सञ्चालन गर्ने गरी छलफल भइरहेको छ।' उनले आगामी जेठभित्रै प्रतियोगिता गर्नुपर्ने भएकाले आवश्यक तयारी थाल्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशनसमेत दिएका छन्।

रंगशालाको निरीक्षणका क्रममा पौडी र सुटिङ बाहेक सबै खेल रंगशाला हाताभित्रै सञ्चालन गर्न सम्भव देखिएको मन्त्री अथकले बताए। निर्माणाधीन अवस्थामा रहेको पौडी पोखरी निर्माण सम्पन्न हुन अझै केही समय लाग्ने बताउँदै मन्त्री अथकले वैकल्पिक उपाय खोजेर भए पनि पौडीसहितका सबै खेल पोखरामै सञ्चालन गरिने बताए। 

सुटिङका खेल भने काठमाडौंमै सञ्चालन गर्ने तयारी गरिएको उनले जानकारी दिए। पोखरामा सबै प्रकारका खेल खेल्न मिल्ने संरचना तयारी अवस्थामा रहेकाले प्रतियोगिता सञ्चालनका लागि कुनै समस्या नहुने मन्त्री अथकको भनाई थियो।

यद्यपि प्रतियोगिताका लागि स्थानीयस्तरबाटै खेलाडी छनोट भएर आउनुपर्ने भएकाले तत्काल पालिका तथा प्रदेशस्तरका प्रतियोगिता सञ्चालन गर्न मन्त्री अथकले निर्देशन दिए। कोरोनाका कारण पालिका तथा प्रदेशस्तरका खेल गतिविधि चलायमान हुन नसक्दा समयमै राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न नसकिएको बताउँदै मन्त्री अथकले तत्काल पालिका तथा प्रदेशस्तरका प्रतियोगिताहरू सञ्चालन गर्न निर्देशन दिएका हुन्। 

प्रतियोगिता सञ्चालनका लागि यसअघि नै गण्डकी प्रदेशको राजधानी पोखरालाई चयन गरिएको थियो। पर्यटकीय राजधानी पोखरामा राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्दा त्यहाँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने उल्लेख गर्दै मन्त्री अथकले खेल क्षेत्रलाई पर्यटन उद्योगका रूपमा विकास गर्न आवश्यक रहेको बताए।

प्रकाशित: Mar 12, 2022| 07:10 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।