काठमाडौं- राजधानीबाट प्रकाशितर बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले डा गोविन्द केसी र सरकारबीचको वार्ता विथोलिएको विषयलाई मुख्य समाचार बनाएका छन् ।
आमरण अनसनको २५ औं दिनमा सुरु भएको डा केसी र सरकारबीचको वार्ता २४ घण्टा नवित्दै भंग भएको छ । सरकारी वार्ता टोली कठोर बन्दै चिकित्सा शिक्षा अध्यादेशअनुसारको चिकित्सा शिक्षा विधेयकका विषयमा छलफल नै गर्न नखोजेपछि बुधबार वार्ता भंग भएको हो ।
सरकारी वार्ता टोली चिकित्सा शिक्षा विधेयकमा प्रवेश गर्न नचाहेको डा केसी पक्षको आरोप छ भने संसदीय प्रणालीबाहिर छलफल गरेर निकास ननिस्किने अडानमा सरकारी वार्ता रहेको छ । वार्ता भाडिएसंगै अर्को वार्ता अनिश्चित भएको आजका पत्रपत्रिकाले लेखेका छन् ।
यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको नागरिक दैनिकले 'डा केसीसँगको वार्ता भंगः सरकार झन् कठोर' शीर्षकमा मुख्य समाचार छापेको छ भने यसै विषयलाई लिएर विपक्षी दल नेपाली कांग्रेसले सशक्त विरोध गर्ने तयारी गरेको विषयलाई पनि विशेष महत्व दिएर खबर लेखेको छ ।
कान्तिपुर दैनिकले 'विथोलियो वार्ता' शीर्षकमा खबर लेखेको छ भने अन्नपूर्ण पोस्ट्ले 'वार्ता फेरि अवरुद्ध' शीर्षकमा मुख्य समाचार बनाएको छ । उसले डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको र उनले मान्छेसमेत चिन्न छाडेको समेत खबर लेखेको छ ।
आजको नयाँ पत्रिकाले भने निजी मेडिकल कलेललाई राष्ट्रियकरण गर्नुपर्ने एजेन्डामा आफ्नो पहिलो पृष्ठ खर्चिको छ । उसले दुई वर्ष पहिले मन्त्रिपरिषद्द्वारा गठित उच्चस्तरिय समितिले प्रत्येक मेडिकक कलेजको सम्पति डेढ अर्बको रहेको भनि उल्लेख गरेको विषयलाई मुख्य समाचार बनाएको छ ।
सरकारले २२ अर्ब खर्चिए सबै निजी मेडिकल कलेज राष्ट्रियकरण गर्न सकिने समाचारमा उल्लेख छ । तर, मेडिकल कलेजका सञ्चालकले भने एउटै मेडिकल कलेजको १० अर्ब रुपैयाँसम्मको दावी गरेका छन् ।
आजको कान्तिपुर दैनिकले फर्किन पाउँदैनन् खाडीबाट चेली शीर्षकमा मुख्य समाचार छापेको छ । कान्तिपुरकाअनुसार श्रमस्वीकृतिमा रोक लगाएपछि करिब ३२ हजार नेपाली महिला विदामा आउन पाएका छैनन् । कान्तिपुरले खाडीमा प्रहरी नपुग्दै वेपत्ता बनाउने गरेको पनि खुलासा गरेको छ ।
यस्तै दिल्लीबाट १६ नेपाली चेलीको उद्धार गरिएको खबर भने भने आजका सबैजसो पत्रपपत्रिकाले छापेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४