आइतबार, मंसिर ७, २०८२

साफ यू-१८ खेल्ने महिला टिमको बिदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-१८ राष्ट्रिय फुटबल टोलीलाई शुक्रबार बिदाइ गरेको छ।
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-१८ राष्ट्रिय फुटबल टोलीलाई शुक्रबार बिदाइ गरेको छ। भारतको जमशेदपुरमा मार्च १५ देखि २५ सम्म हुने साफ यू-१८ महिला च्याम्पियनसिपमा भाग लिन टोलीलाई एन्फाले बिदाइ गरेको हो।

National life

नेपाली टिमलाई टोलीलाई  राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले एन्फा कम्प्लेक्समा बिदाइ गरे।

प्रमुख अतिथि कोइराला र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रतियोगितामा सफलताको शुभकामना व्यक्त गरेका थिए।

टोली शनिबार प्रतियोगिताका लागि प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेश गरी तीन टोली खेल्दैछन्।

च्याम्पियनसिप डबल राउण्ड रोबिन ढाँचामा खेलाइने छ, जसमा उच्चतम अंक प्राप्त गर्ने टोली च्याम्पियन हुनेछ।

Laxmi sunrise bank
kumari

अहिले मुख्य प्रशिक्षक  दर्शन भक्तराज श्रेष्ठको टिमले नेपाली टिम कप्तानको रूपमा प्रीति राईलाई राखेको छ। प्रीतिले नेपाली सिनियर महिला टिममा डेब्यू गरिसकेकी छन् भने यू-१५ मा पनि कप्तानी गरेको अनुभव उनीसँग छ।

पछिल्लो वर्ष बंगलादेशमा भएको यू-१९ को महिला साफ फुटबल प्रतियोगिता नेपाली टिमको कप्तान अञ्जना राना मगर थिइन्। उनको कप्तानीमा नेपालले उपाधि नजिते पनि नेपालले राम्रो प्रदर्शन गरेको थियो।

नेपाली टिम

सावित्री किसान, लीला जोशी, पूजा थापा, सबिना चौधरी, मञ्जुकुमारी खड्का, प्रतीक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यस्माली मगर, दिपा शाही, हिमा रावत, सरस्वती हमाल, प्रीति राई, सुनकला राई, अञ्जली माछामासी, सारा बज्राचार्य, जेनिफर राणा, सरिश्मा थापा, सदिपा भोलन, कुसुम खतिवडा, अमिषा कार्की, मनमाया दमाई, गरिमा राई

प्रकाशित: Mar 12, 2022| 07:00 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।