बिहीबार, फागुन २१, २०८२

सातदोबाटोलाई हराउँदै आर्मी झापा गोल्डकपको फाइनलमा

झापा गोल्डकपको शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सातदोबाटो युवा क्लबविरुद्ध जित निकाल्दै विभागीय टिम त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ।
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

काठमाडौं- झापा गोल्डकपको शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सातदोबाटो युवा क्लबविरुद्ध जित निकाल्दै विभागीय टिम त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ।

मोफसलको प्रतियोगिताको उत्कृष्ट टिम मानिएको आर्मी अहिले चौथो पटक फाइनलमा पुगेको हो। फाइनलमा पुग्न आर्मीले सातदोबाटोविरुद्ध ४–१ को सानदार जित निकाल्यो। 

डोमलाल रंगशलामा भएको खेलमा आर्मीका सगुन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरेका थिए। २७औं मिनेटमा आर्मीका सुमनले अग्रता बनाए पनि खेलको पहिलो हाफमा सुशील राईले गोल गरेपछि पहिलो हाफ बराबरी भएको थियो।

दोस्रो हाफमा आर्मीले तीन गोल गर्‍यो। अब दोस्रो सेमिफाइनल खेल भोलि (शनिबार) हुनेछ। त्यो सेमिफाइनलमा झापा ११ ले संकटा क्लबको  सामना गर्नेछ।

यी दुवै टिमको विजेताले उपाधिका लागि सोमबार प्रतिस्पर्धा गर्नेछन्।

kumari

प्रकाशित: Mar 12, 2022| 06:50 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।