बुधबार, असार ३१, २०८३

एकसाथ ३२ जना सिडिओको सरुवा, को कहाँ परे? (सूचीसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकारले एकैदिन ३२ जनाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सहसचिवहरूको सरुवा गरेको छ।

गृह मन्त्रालयले बुधबार बेलुका सिडिओ र सहसचिवहरुको सरुवा गरेको हो। त्यस्तै गृह मन्त्रालय अन्तर्गतका शाखा र विभाग प्रमुखहरूको पनि सरुवा र जिम्मेवारी हेरफेर भएको छ। 

मन्त्रालयले साढे ३८ सय किलो सुन तस्करीको छानबिन गर्न गठित विशेष अनुसन्धान टोलीका संयोजक ईश्वरराज पौडेललाई अध्यागमन विभागमा पठाएको छ। 

यस्तै काठमाडौंका सीडीओ केदारनाथ शर्माको पनि सरुवा भएको छ। शर्मालाई गृह मन्त्रालय सरुवा गरिएको छ। काठमाडौंमा रामप्रसाद आचार्य नयाँ सीडीओको रूपमा आएका छन्।

त्यस्तै ललितपुरमा प्रेमराज जोशी, कास्कीमा चक्रबहादुर बुढा, कपिलवस्तुमा अर्जुन पोखरेल, मोरङमा रमेश केसी, बाँकेमा मदन भुजेल, सिन्धुपाल्चोकमा कृष्ण प्रसाद अधिकारीको सरुवा भएको छ। 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।