बुधबार, असार ३१, २०८३

शुक्रबारदेखि भृकुटीमण्डपमा शैक्षिक मेला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- यूनिभर्सल टिच कन्सल्टको आयोजनामा साउन ११ र १२ गते काठमाडौंको भृकुटीमण्डपमा तेस्रो शैक्षिक मेला हुने भएको छ। मेलाका निर्देशक लक्ष्मण लामिछानेले गुणस्तरीय शिक्षामा सहयोग पुर्याउने उद्देश्यले शैक्षिक मेला आयोजना गर्न लागेको  बताए। 

‘हाम्रो पहिलो उद्देश्य नेपालको शिक्षा गुणस्तर बनाउनु रहेको छ,’उनले भने ‘शिक्षालाई जीवनोपयोगी बनाउनको साथै कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुको भविष्यको लागि उचित बाटो सिकाउन मेला आयोजना गर्ने भएका हौं ।’ 

त्यस्तै मेलाका संयोजक विशाल केसीले मेलामा उपत्यकाका ४० स्कुलहरुको सहभागिता रहने जानकारी दिए। आयोजकका अनुसार मेलामा कुन विषय पढ्ने ? भविष्यमा राम्रो मार्केट लिने विषय लगायतको बारेमा मेलामा जानकारी दिइनेछ। 

४० वटा स्कुलबाट ५ हजार जना  विद्यार्थीहरुले मेला अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्