काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल)मा चेल्सीले नर्विच सिटीविरुद्ध सहज जित निकालेको छ। बिहीबार राति सम्पन्न खेलमा चेल्सीले नर्विच सिटीविरुद्ध ३-१ को सहज जित निकालेको हो।
चेल्सीको जितका लागि केई हभाटर्स, मेसन माउन्ट र ट्रिभावह चलोबले गोलल गरे। नर्विचको मैदानमा खेलको तेस्रो मिनेटमै गोल गरेर चलोबले चेल्सीलाई अग्रता दिलाएका थिए। त्यस्तै, १४औं मिनेटमै मेसन माउन्टले अग्रता दोब्बर बनाए।
दोस्रो हाफमा टिमू पुक्कीले नर्विचका लागि एक गोल फर्काएका थिए। उनले पेनाल्टीमा प्रहार अवसरमा बाहेक नर्वितले अन्य गोल गर्न सकेन। खेलको अन्तिम मिनेटमा भने चेल्सीका हभाटर्सले गोल गरेका थिए।
गएरातिको जितसँगै चेल्सीले ५६ अंक बनाएको छ। नर्विचको भने १७ अंक छ।