काठमाडौं- रुसी हमलापछि युक्रेनका नागरिकहरू देश छोडेर भागिरहेका छन्। आक्रमणकै बीच मारियुपोलको एक बालबालिका र महिलाको अस्पतालमा रुसले हवाई हमला गरेको छ। उक्त हमलापछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले यसलाई नरसंहार भएको बताएका छन्।
विश्वभर नै उक्त हमलाको निन्दा गरिएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नयाँ भिडियो सन्देश जारी गर्दै भनेका छन्, 'रुस कस्तो देश हो। जो अस्पतालसँग डराइरहेको छ। र, अस्पताललाई तहसनहस पारिरहेको छ।'
उनले के अस्पतालमा कसैले रुसी अधिकारीसँग दुर्व्यवहार गरेको थियो भन्दै प्रश्नसमेत गरेका छन्। उनले रुसले अत्याचारको सीमा नाघेर रुसी नागरिकको नरसंहार गरिरहेको बताएका छन्।