बुधबार, असार ३१, २०८३

ट्रिटन फुटशलको उपाधी टाईम्सलाई (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- टाईम्स इन्टरनेस्नल कलेजले ट्रिटन फुटसल कपको उपाधी जितेको छ। फाइनल खेलमा टाईम्सले जेभियर्सलाई पेनाल्टी सुटआउटमा २-० ले पराजित गर्दै उपाधि जितेको हो।

निर्धारित समयको खेलमा दुवै टिमले समान ४-४ गोल गरेपछि खेलको निर्णय ट्राइ ब्रेकरमा पुगेको थियो। ट्राइ ब्रेकरमा जेभियरका खेलाडीको दुवै पेनाल्टी टाईम्सका गोलरक्षकले बचाउ गर्दा जेभियर ट्राइ ब्रेकरमा २-० ले पराजित भएको थियो। 

सेमिफाइनलमा टाईम्सले नेस्नल कलेजलाई ६-५ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो।त्यस्तै जेभियर्सले इनिस्टालाई ४–२ ले पराजित गरेको थियो। 


ट्रिटन इन्टरनेशनल कलेजमा बीएस डब्लु अध्ययनरत विद्यार्थीहरुको अग्रसरतामा आयोजित प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद प्राप्त गर्‍यो। विजेता टोलीलाई ट्रिटन कलेजकी एड्मिन प्रमुख रितु न्यौपाने र ट्रिटन कलेजका सहायक प्रिन्सिपल श्रिकृष्ण बिष्टले पुरस्कृत हस्तान्तरण गरेका थिए।

साउन ६ देखि ९ गते सम्म चलेको उक्त अन्तर कलेज फुटशल प्रतियोगितामा काठमाडौं भ्यालिका विभिन्न ३८ कलेजको सहभागिता थियो।

कलेज प्रतिभालाई प्रोत्साहन गर्दै विद्यार्थीमा सामाजिक उत्तरदायित्व बोध गराउने उद्देश्यले आयोजित प्रतियोगिताबाट उठेको केही रकम माइती नेपालमा रहेका बालबालिको शैक्षिक विकासका लागि प्रदान गरिएको थियो। प्रतियोगितालाई अब हरेक वर्ष आयोजना गरिने आयोजकले जनाएको छ। 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।