शनिबार, फागुन २३, २०८२

रुस र बेलारुसका राष्ट्रपतिबीच आज भेटवार्ता हुँदै

रुस र बेलारुसका राष्ट्रपतिबीच शुक्रबार भेटवार्ता हुने भएको छ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोबीच रुसको राजधानी मस्कोमै भेटवार्ता हुने भएको हो।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

National life
Laxmi sunrise bank
kumari

मस्को- रुस र बेलारुसका राष्ट्रपतिबीच शुक्रबार भेटवार्ता हुने भएको छ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोबीच रुसको राजधानी मस्कोमै भेटवार्ता हुने भएको हो। 

रुसी राष्ट्रपतिका प्रवक्ता डिमित्री पेस्कोभले रुस र युक्रेनका बीचमा अहिले भइरहेको युद्ध रोक्ने विषयमा नै उहाँहरूको भेटवार्ता केन्द्रित हुने जानकारी दिए।  विभिन्न सञ्चार माध्यमहरूले यसअघि नै उहाँहरूका बीचमा भेटवार्ता हुन लागेको समाचार सम्प्रेषण गरेका थिए। 

'हो बेलारुसका राष्ट्रपति भोलि मस्को आँउदै हुनुहुन्छ, उहाँले हाम्रा राष्ट्रपति पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ,' प्रवक्ता पेस्कोभले बिहीबार पत्रकारहरूसँग भने।  

प्रकाशित: Mar 11, 2022| 05:00 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।