आइतबार, मंसिर ७, २०८२

इन्डो-नेपाल क्रिकेटमा एमसीसी विराटनगर विजयी

इन्डो–नेपाल टी-२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मिल्स क्रिकेट क्लब (एमसीसी) ‘ए’ क्रिकेट क्लब विराटनगर विजयी भई सेमिफाइनलमा पुगेको छ।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

काठमाडौं- इन्डो–नेपाल टि-२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मिल्स क्रिकेट क्लब (एमसीसी) ‘ए’ क्रिकेट क्लब विराटनगर विजयी भई सेमिफाइनलमा पुगेको छ। 

National life

मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीद्वारा आयोजित विराटनगर जुटमिल खेल मैदानमा भएको प्रतियोगिताको बिहीबारको खेलमा एमसीसीले होराइजन क्रिकेट क्बल विराटनगरलाई दुई विकेटले पराजित गरेको हो। 

टस जितेर पहिले ब्याटिङ गरेको होराइजनले १७ दशमलव पाँच बलमा सबै विकेट गुमाउँदै १२८ रन बनाएको थियो भने १२९ रनको विजय लक्ष्य पछ्याएको एमसिसी ‘ए’ ले १६ दशमलव पाँच ओभरमा आठ विकेटको क्षतिमा सो लक्ष्य पूरा गरेको थियो। 

एमसीसीका हासिम अन्सारी ३८ बलमा ३८ रन बनाउनुका साथ ‘म्यान अफ द म्याच’ घोषित भए। पहिलो सेमिफाइनल खेल फागुन २७ गते शुक्रबार एमसीसी ‘ए’ ले र पूर्वाञ्चल क्रिकेट क्बलसँग प्रतिस्पर्धा गर्ने एकेडेमीले जनाएको छ। 

प्रकाशित: Mar 10, 2022| 23:30 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।