आइतबार, मंसिर ७, २०८२

बी डिभिजन लिग : बिहीबार दुई खेलमा बराबरी

सहिद स्मारक ‘बी’ डिभिजन लिग २०७८ अन्तर्गत बिहीबार भएको खेलमा श्रीकुमारी क्लब र रानीपोखरी कर्नर टोलीले १–१ गोलको बराबरी खेलेका छन्।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

काठमाडौं- सहिद स्मारक ‘बी’ डिभिजन लिग २०७८ अन्तर्गत बिहीबार भएको खेलमा श्रीकुमारी क्लब र रानीपोखरी कर्नर टोलीले १–१ गोलको बराबरी खेलेका छन्।

National life

चौथो मिनेटमा श्री कुमारीलाई सृजनराज गौतमले अग्रता दिलाएका थिए तर त्यसको एक मिनेटपछि नै आरसीटीका लागि प्रज्वल गुरुङले बराबरी गरेका थिए।

त्यस्तै, बिहीबार नै सम्पन्न अर्को खेलमा तुषाल युथ क्लब र झम्सीखेल युथ क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। तीन बराबरी खेलेको श्रीकुमारी तीन अंकसहित आठौं स्थानमा छ भने आरसीटी चार अंकसहित छैटौं स्थानमा छ।

तुषाल १२ औं र झम्सीखेल पाँचौ स्थानमा छन्। शुक्रबार बिहान ९ः३० बजे पहिलो खेलमा ब्वाइज युनियन क्लबले नयाँबस्ती युथ क्लबसँग खेल्नेछ। दिनको दोस्रो खेल सरस्वती युथ क्लब र खुमलटार युथ क्लबबीच दिउँसो १२ः४५ बजे र तेस्रो खेल श्री भगवती क्लब र सामाजिक युवा क्लबबीच अपरान्ह ४ बजे हुनेछ। सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन्।

प्रकाशित: Mar 10, 2022| 21:40 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।