आइतबार, मंसिर ७, २०८२

पारा तेक्‍वान्दो टोलीको बिदाइ

डब्लूटी प्रेसिडेन्ट कप एसिया रिजनमा सहभागी हुन एक खेलाडीसहित दुई सदस्यीय नेपाली पारा तेक्‍वान्दो टोलीको बिहीबार बिदाइ गरिएको छ।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- डब्लूटी प्रेसिडेन्ट कप एसिया रिजनमा सहभागी हुन एक खेलाडीसहित दुई सदस्यीय नेपाली पारा तेक्‍वान्दो टोलीको बिहीबार बिदाइ गरिएको छ।

इरानको तेहरानमा फागुन ३० गते हुने प्रतियोगिताअन्तर्गत पाराको के-४४ क्याटेगोरीको महिला ५२ केजीमुनि सिर्जना घिसिङले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। सिर्जनाको यो दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ। सिर्जनको ‘डेब्यु’ प्रतियोगिता केही महिनाअघि बहराइनको मानामामा भएको चौथो एसियाली पारा युथ गेम्स हो। त्यसमा सिर्जनाले नेपाललाई रजत पदक दिलाएकी थिइन्। सन् २०१८ मा सिर्जनाले पारा तेक्वान्दो खेल्न सुरु गरेकी  हुन्।

प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा रहेका छन्। पाराको अन्तर्राष्ट्रिय प्रशिक्षकका रुपमा लामाको पाँचौं प्रतियोगिता हो। विगतका ४ मध्ये ३ मा नेपाल पदक जित्न सफल भएको छ। टोकियो पारालिम्पिक– २०२१ मा भने नेपाल पदकको नजिक पुगेरपनि चुकेको थियो। यद्यपि उक्त प्रतियोगितामा पलेश गोबद्र्धनले २ ‘बाउट’ जितेर इतिहास रचेकी थिइन्। प्रशिक्षक लामाले प्रतियोगिताले एसियाली खेलाडीको वरीयता निर्धारण गर्ने बताए। टोली शुक्रबार प्रस्थान गर्दैछ।

प्रकाशित: Mar 10, 2022| 22:00 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।