शनिबार, फागुन २३, २०८२

उत्तर प्रदेशमा भाजपाको जित : बलिया मोदी कि योगी?

'यति ठूलो राज्यमा दोस्रो पटक जित हात पार्नु सानो कुरा होइन। सन् २०१७ को जित मोदीको जित थियो। तर, २०२२ को जित योगीको जित हो।'
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

नयाँ दिल्ली- उत्तर प्रदेशमा ३७ वर्षपछि भारतीय जनता पार्टी (भाजपा) लगातार दोस्रो पटक सत्तामा पुग्‍ने भएको छ। उत्तर प्रदेशको चुनावमा मुख्यमन्त्री योगी आदित्यनाथको अनुहारलाई 'पोस्टर' गरिएको भए पनि चुनावी प्रचारका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि कुनै कसर बाँकी राखेका थिएनन्। 

National life

एकातिर योगी आदित्यनाथले कोरोना महामारीको दोस्रो लहरपछि उत्तर प्रदेशका सबै जिल्लाको भ्रमण गरी चुनावका क्रममा दुई सयभन्दा बढी र्‍यालीहरूलाई सम्बोधन गरे भने प्रधानमन्त्री मोदीले पनि २७ वटा चुनावी सभालाई सम्बोधन गरेका थिए। 

भाजपाले मुख्यमन्त्री योगीको ‘बुलडोजर बाबा’ को छविलाई जति क्यास गर्ने जोड लगायो त्यति नै केन्द्र सरकारले उपलब्ध गराएको नि:शुल्क राशन र नुनको योजनालाई पनि प्रचार साधन बनायो। पाँच वर्ष सत्तामा रहेको भाजपा बहुमतका साथ फेरि सत्तामा फर्किएसँगै जितको श्रेय कसलाई दिइन्छ भन्‍ने चर्चा भइरहेको छ। 

बलिया मोदी कि योगी?

उत्तर प्रदेशको निर्वाचनमा भाजपाले फेरि सत्ता सम्हाल्ने मौका पाएसँगै यो जित मोदी अथवा योगी कसको हो भन्‍ने प्रश्‍नहरु उठिरहेका छन्। यसको जवाफ पत्रकार निरजा चौधरीले दिएकी छन्। ‘यी नतिजाहरूसँग, प्रधानमन्त्री मोदीले आफ्नो ‘मोदी ब्रान्ड’लाई कायम राखेका छन् भने योगीले 'ब्रान्डिङ' लाई मजबुत बनाएका छन्,' उनले भनेकी छन्। 

Laxmi sunrise bank
kumari

प्रधानमन्त्री मोदीले यसपटक पूर्वाञ्‍चल क्षेत्रलाई सम्हालेको निरजाको विश्लेषण छ। उनले थपिन्, 'मोदीले अन्तिम समयमा पूर्वाञ्‍चल कब्जा गरे र नतिजा उल्ट्याए। उनले चुनावी रणनीतिमा नै यो पर्छ। तर, अहिलेको चुनावको स्टार योगी नै बनेका छन्। भारतको सबैभन्दा ठूलो राज्यमा योगी लगातार दोस्रो पटक जितेर आएका छन्।' 

यति ठूलो राज्यमा दोस्रो पटक जित हात पार्नु सानो कुरा होइन। सन् २०१७ को जित मोदीको जित थियो। तर, २०२२ को जित योगीको जित हो।' 

'अघिल्लो चुनावमा योगीलाई अघि सारिएको थियो भने अहिलेको चुनावमा योगीलाई नै देखाएर भाजपा चुनावमा होमिएको हो,' उनले भनिन्, 'योगीको मोदीभन्दा फरक 'फ्यान फलोइङ' छ। यो जितसँगै योगीले ‘मोदीपछि भाजपा’मा प्रधानमन्त्री पदका लागि आफ्नो दाबीलाई थप पुष्टि गरेका छन्। २०२४ मा योगी प्रधानमन्त्रीको उम्मेदवार नहोलान् तर निकट भविष्यमा योगी प्रधानमन्त्रीमा बलिया दाबेदारका रुपमा प्रस्तुत भएका छन्।' 

निर्वाचनअघि केही विश्लेषकहरुले प्रधानमन्त्री मोदीभन्दा मुख्यमन्त्री योगीको 'शाख' दाउमा रहेको विश्लेषण गरेका थिए। तर, योगीले भने आफ्नो शाख थप बलियो भएको पुष्टि गरेका छन्, चुनावी नतिजाबाट। उत्तर प्रदेशमा भाजपाको जितसँगै योगीको 'रिपोर्ट कार्ड' क्लियर भएको र उनी राम्रो अंकका साथ उत्तीर्ण भएको विश्लेषण भइरहेको छ। 

‘द हिन्दू’ मा आवद्ध वरिष्ठ पत्रकार निस्तुला हेब्बरले यो जितको कारक मोदी-योगीको युगलबन्दी रहेको बताएकी छन्। योगीको बारेमा उनी भन्छन्, ‘अब भाजपाको शीर्ष दुईको जोडीमा तेस्रोले पनि आफ्नो स्पेस बनाइरहेका छन्। लोकसभा निर्वाचनमा मोदी र अमित शाहको जोडीले भाजपालाई फेरि सत्तामा पुर्‍याउन अह्म भूमिका खेलेको थियो भने विधान सभा चुनावमा योगी स्टार बनेका छन्।' 

भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशमा दोस्रो पटक सत्तामा आउनु चानचुने कुरा नभएको उनले बताएकी छन्। उनले भनेकी छन्, 'यति ठूलो राज्यमा दोस्रो पटक जित हात पार्नु सानो कुरा होइन। सन् २०१७ को जित मोदीको जित थियो। तर, २०२२ को जित योगीको जित हो।' 

यद्पि २०२२ को जितमा केन्द्र सरकारको योजनालाई बेवास्ता गर्न नहुनेसमेत उनको तर्क छ। तीन दिन वाराणसीमा बसेर प्रधानमन्त्री मोदीले गरेका चुनावी गतिविधि पनि चुनावी जितका हिस्सा भएको उनको विश्लेषण छ। पाँच राज्यको चुनावमा भाजपा चार-शून्यले अगाडि देखिएको छ, यसको अर्थ विधान सभा चुनावमा प्रधानमन्त्री मोदीको भूमिका पनि निकै महत्वपूर्ण छ भन्‍ने पुष्टि हुन्छ। 

निस्तुलाले थप भनेकी छन्, 'उत्तरप्रदेशमा राज्यको कानुनी व्यवस्थालाई चुस्त राख्‍नका लागि मुख्यमन्त्री योगीले गरेको प्रयास पनि भाजपाको जितको कारक बनेको हो।' चुनाव नतिजापछि योगीको प्रशंसा गर्दै हेमा मालिनीले भनेकी थिइन्, 'बुलडोजरको अगाडि कसैको केही चल्दैन।'

(बीबीसी हिन्दीका लागि सरोज सिंहले लेखेको समाचार पवन घिमिरेले अनुवाद गरेका हुन्।)


प्रकाशित: Mar 10, 2022| 21:13 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।