सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • रुस र युक्रेनका विदेशमन्त्रीको वार्ता युद्धविराम गर्न विफल

रुस र युक्रेनका विदेशमन्त्रीको वार्ता युद्धविराम गर्न विफल

रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भएको प्रथम चरणको वार्ता युद्धविरामबारे सहमति गर्न विफल भएको छ।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

इस्तानबुल (टर्की)रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भएको प्रथम चरणको वार्ता युद्धविरामबारे सहमति गर्न विफल भएको छ। 

National life

रुसी समकक्षीसँग टर्की भेट गरेपछि बोल्दै युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसी विदेशमन्त्रीले युक्रेनसँग गरेको माग आत्मसमर्पणसरह भएकाले त्यसलाई मान्न नसकिने बताएका हुन्। 

रुसी विदेशमन्त्री सर्जी लाभ्रोभले रुसको सैन्य कारबाही योजानाअनुरूप नै चलिरहेको दाबी गरे। युक्रेनलाई हतियार दिएर उनले पश्चिमा राष्ट्रहरूले खतरनाक व्यवहार देखाएको आरोप उनले लगाए। 

यद्यपि दुवै पक्ष मानवीय सहायताका मुद्दामा समाधान खोज्ने प्रयास जारी राख्न सहमत भएको बताइएको छ। उनले आफूहरू पुन: भेट्न तयार रहेको समेत जानकारी दिए। 

'म युद्ध अन्त्यका लागि, युक्रेनी नागरिकको पीडा अन्त्य गर्नका लागि र हाम्रो भूभागलाई हस्तक्षेपकारी रुसी फौजबाट मुक्त पार्न यस्तो संलग्नता जारी राख्न चाहन्छु,' उनले भने। 

kumari

लाभ्रोभले सर्वसाधारणहरूलाई बन्धक बनाइएको रुसी दाबी दोहोर्‍याएका थिए। 'कथित स्थल प्रतिरक्षा फौज'ले साधारण मानिसलाई पनि बन्धक बनाएको उनको भनाइ थियो। लाभ्रोभले रुसको सुरक्षा चासोप्रति कसैले वास्ता नगरेको भन्दै अमेरिकाले युक्रेनी भूमिलाई जैविक अस्त्र विकास गर्न प्रयोग गरेको आरोप लगाएका थिए। रुसविरुद्ध लगाइएका प्रतिबन्ध खेप्ने उनको भनाइ थियो। 

प्रकाशित: Mar 10, 2022| 18:09 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।