बिहीबार, फागुन २१, २०८२

यू १८ महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टिम घोषणा

यू–१८ महिला साफ च्याम्पियनसिप खेल्ने राष्ट्रिय महिला खेलाडीको अन्तिम टोली घोषणा भएको छ।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

काठमाडौं– यू–१८ महिला साफ च्याम्पियनसिप खेल्ने  राष्ट्रिय महिला खेलाडीको अन्तिम टोली  घोषणा भएको छ। मुख्य प्रशिक्षक दर्शनभक्तराज लावतले भारतको जमशेदपुरमा मार्च १५ देखि २५ सम्म हुने साफ यू–१८ महिला च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा गरेका हुन्। 

टोली शनिबार प्रतियोगिताका लागि प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेश गरी तीन टोली खेल्दैछन्।

च्याम्पियनसिप डबल राउण्ड रोबिन ढाँचामा खेलाइने छ, जसमा उच्चतम अंक प्राप्त गर्ने टोली च्याम्पियन हुनेछ।

नेपाली टिम

सावित्री किसान, लिला जोशी, पूजा थापा, सबिना चौधरी, मञ्जुकुमारी खड्का, प्रतिक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यस्माली मगर, दिपा शाही, हिमा रावत, सरस्वती हमाल, प्रीति राई, सुनकला राई, अञ्जली माछामासी, सारा बज्राचार्य, जेनिफर राणा, सरिश्मा थापा, सदिपा भोलन, कुसुम खतिवडा, अमिषा कार्की, मनमाया दमाई, गरिमा राई

kumari



प्रकाशित: Mar 10, 2022| 17:40 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।