शनिबार, साउन २, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेन युद्धमा झन्डै ६ हजार रुसी सैनिक मारिएको अमेरिकी अनुमान

युक्रेन युद्धमा झन्डै ६ हजार रुसी सैनिक मारिएको अमेरिकी अनुमान

मृतकको अनुमानित सङ्ख्याका आधारमा घाइते हुने सैनिकको सङ्ख्या १५ हजारभन्दा बढी भएको बताइएको छ। युक्रेन युद्धमा रुसले ठूलो क्षति बेहोर्नुपरेको अमेरिकाको दाबी छ।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

न्युयोर्क- रुस-युक्रेन युद्धमा करिब ६ हजार रुसी सैनिकको मृत्यु भएको हुन सक्ने अमेरिकाले अनुमान गरेको छ। दुई देशबीच दुई सातासम्म चलेको युद्धमा ती सैनिकको मृत्यु भएको अमेरिकाले अनुमान गरेको हो।

मृतकको अनुमानित सङ्ख्याका आधारमा घाइते हुने सैनिकको सङ्ख्या १५ हजारभन्दा बढी भएको बताइएको छ। युक्रेन युद्धमा रुसले ठूलो क्षति बेहोर्नुपरेको अमेरिकाको दाबी छ। 

उता युक्रेनले भने १२ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ। गत साता रुसले ५ सय सैनिकले युक्रेनमा ज्यान गुमाएको बताएको थियो। दुवै पक्षले आफूहरूको पक्षमा कम क्षति भएको तर विपक्षीलाई ठूलो क्षति पुर्‍याएको दाबी गरिरहेका बेला यकिन तथ्यांक प्राप्त हुन कठिन छ। 

युक्रेन सहायता पारित

अमेरिकी संसद्‌को तल्लो सदन 'हाउस अफ रेप्रिजजेन्टेिटभ्स'का सांसदले युक्रेनलाई आपत्कालीन सहायता पुर्‍याउने प्याकेज अनुमोदन गरेका छन्। अमेरिकी संसदले करिब १३ अर्ब  ६ करोड अमेरिकी डलर बराबरको आपत्कालीन सहायता प्याकेज अनुमोदन हो। 

यसलाई संसदको माथिल्लो सदनले पनि अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा जानेछ। राष्ट्रपति जो बाइडनले १० अर्ब डलर सहायता गर्नुपर्ने प्रस्ताव गरेका थिए। 

प्रकाशित: Mar 10, 2022| 14:42 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।