मंगलबार, वैशाख ९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • संखुवासभा बस दुर्घटनामा मृत्यु हुनेमध्ये ११ जना एकै नगरपालिकाका

संखुवासभा बस दुर्घटनामा मृत्यु हुनेमध्ये ११ जना एकै नगरपालिकाका

संखुवासभाको मादी नगरपालिका–६ सात घुम्तीमा बिहीबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका सबै १४ जनाको सनाखत भएको छ।
 |  बिहीबार, फागुन २६, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

vianetvianet

काठमाडौं– संखुवासभाको मादी नगरपालिका–६ सात घुम्तीमा बिहीबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका सबै १४ जनाको सनाखत भएको छ।

triton college

मृत्यु हुनेमा मादी नगरपालिकाका मात्रै ११ जना रहेका छन्। ज्यान गुमाउनेमा मादी नगरपालिका–६ की ३० वर्षीया सिता विक, ३२ वर्षीया अञ्जना कटवाल र ५ वर्षीया दिक्षा कटवाल रहेका छन्।

यस्तै वडा नम्बर ५ का ४९ वर्षीय भवानीप्रसाद दाहाल, ५५ वर्षीय श्याम शेर्पा र उमेश भट्टराईको पनि मृत्यु भएको छ। त्यसैगरी वडा नम्बर ४ बस्ने ६० वर्षीय बलबहादुर कार्की, २८ वर्षीया सविता कार्की र आइतबहादुर तामाङ रहेका छन्। वडा नम्बर २ बस्ने ४२ वर्षीय इन्द्र अधिकारीको पनि मृत्यु भएको छ। 

उद्धारमा सक्रिय स्थानीय तथा सुरक्षाकर्मी।
दुर्घटनामा ताप्लेजुङ घर भएकी ३१ वर्षीया समिक्षा योन्जन र उनका ८ वर्षीय छोरा सुदिप घिसिङ तथा तेह्रथुमको फाक्चामारा घर भएका ३१ वर्षीय विपिन निरौलाको पनि ज्यान गएको छ। विपिन बसका चालक र उमेश सहचालक हुन्।

दुर्घटनामा घाइते भएका ५ जनाको उपचार भइरहेको छ। 

National life insurance

बस दुर्घटनाको कारण तीव्र गति रहेको प्रहरीले बताएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार  तीव्र गतिका कारण चालकले घुम्तीमा बस नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको हो।

दुर्घटनामा बसका चालक र सहचालकको पनि मृत्यु भएको छ। सडक पिच भए पनि निकै घुमाउरो भएकाले घुम्ती काट्न नसक्दा बस पल्टिएको हो। दुर्घटना भएको ठाउँको नाम सात घुम्ती हो। बस सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ।



प्रकाशित: Mar 10, 2022| 14:31 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।