सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

संखुवासभा बस दुर्घटनाको कारण तीव्र गति

संखुवासभाको मादीमा आज बिहान भएको बस दुर्घटनाको कारण तीव्र गति रहेको प्रहरीले बताएको छ।
 |  बिहीबार, फागुन २६, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

काठमाडौं– संखुवासभाको मादीमा आज बिहान भएको बस दुर्घटनाको कारण तीव्र गति रहेको प्रहरीले बताएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार  तीव्र गतिका कारण चालकले घुम्तीमा बस नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको हो।

triton college

दुर्घटनामा बसका चालक र सहचालकको पनि मृत्यु भएको छ। सडक पिच भए पनि निकै घुमाउरो भएकाले घुम्ती काट्न नसक्दा बस पल्टिएको हो। दुर्घटना भएको ठाउँको नाम सात घुम्ती हो। 

बस मादीबाट झापाको दमक गइरहेको थियो। दुर्घटनामा १४ जनाको मृत्यु भएको छ। घाइते पाँच जनालाई हेलिकोप्टरबाट धरानस्थित बीपी प्रतिष्ठान लगिएको छ। मृत्यु भएका १४ जनामध्ये १२ को सनाखत भएको छ। 

मृत्यु हुनेमा मादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, अञ्जना कटुवाल, तुलसा कटुवालकी छोरी ५ वर्षीया दिक्षा कटुवाल, मादी–५ का ४५ वर्षीय दिपक दाहाल, अन्दाजी ५० वर्षका श्याम शेर्पा, ५५ वर्षीया भवानी दाहाल रहेका छन्। त्यसैगरी, मादी–४ का ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, सहचालक ३०र३५ वर्षीय उमेश भट्टराई, तेह्रथुम औंशी डाँडाका सवारी धनी तथा सहचालक विपिन निरौलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ। 

अन्यको पहिचान भएको छैन। १४ जनाकै घटनास्थलमा नै मृत्यु भएको थियो।

Metro Mart
vianet

प्रकाशित: Mar 10, 2022| 14:11 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।