शनिबार, साउन २, २०८३

पञ्जाबमा पनि आम आदमीको सरकार बन्ने निश्चित

भारतको पञ्जाबमा आम आदमी पार्टीले ऐतिहासिक जित हासिल गरेको छ। बीबीसी हिन्दीका अनुसार आम आदमीले बहुमत संख्या पार गर्दै झण्डै ९० सिटको अग्रता हासिल गरेको छ।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

काठमाडौं– भारतको पञ्जाबमा आम आदमी पार्टीले ऐतिहासिक जित हासिल गरेको छ। बीबीसी हिन्दीका अनुसार आम आदमीले बहुमत संख्या पार गर्दै झण्डै ९० सिटको अग्रता हासिल गरेको छ।

हाल भारतका पाँच राज्य उत्तर प्रदेश, पञ्जाब, उत्तराखण्ड, मणिपुर र गोवामा विधानसभा निर्वाचनको मतगणना भइरहेको छ। सुरुवाती नतिजाअनुसार उत्तर प्रदेश, उत्तराखण्ड र मणिपुरमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी विजयी हुने देखिएको छ।

भ्रष्टाचारविरोधी आन्दोलनबाट भारतको राजधानी दिल्लीमा सरकार बनाउन सफल भएको आम आदमी पार्टीको नेतृत्व अरविन्द केजरीवालले गरिरहेका छन्।

हालसम्म प्राप्त नतिजाअनुसार ११७ सिट रहेको पञ्जाब विधानसभामा आपले झन्डै दुई तिहाई मत प्राप्त गर्ने देखिन्छ। पञ्जाबमा सरकार बनाउन ५९ सिट आवश्यक पर्नेमा आपले त्योभन्दा बढी सिट हासिल गरिसकेको छ।

सरकार बन्ने निश्चित भएसँगै पञ्जाबका विभिन्न ठाउँमा आप समर्थकले खुसियाली मनाइरहेका छन्। अघिल्लो चुनावमा आपले पञ्जाबमा २० सिट जितेर प्रतिपक्षी दलको स्थान लिएको थियो । 

आम आदमीले पञ्जाबमा लोकसभा सदस्य भगवन्त मानलाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा उठाएको छ। 

प्रकाशित: Mar 10, 2022| 13:58 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।