शनिबार, साउन २, २०८३

मेक्सिकोमा गोली हानेर ९ जनाको हत्या

मध्य मेक्सिकोको एट्लिक्सकोमा भएको सो हत्याकाण्डको अनुसन्धान सुरू भएको प्रहरीले जनाएको छ। उक्त शहरको एक निजी बस्तीमा भएको सो हत्याकाण्डमा तीन जना महिला पनि रहेका छन्।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

मेक्सिको- मेक्सिकोमा गोली हानेर ९ जनाको हत्या गरिएको छ। मेक्सिकोको एट्लिक्समा रहेको बस्तीको एक घरमा बुधवार गोली हानेर एकै घरका ९ जनाको ज्यान लिइएको त्यहाँको प्रहरीले जनाएको छ।

मध्य मेक्सिकोको एट्लिक्सकोमा भएको सो हत्याकाण्डको अनुसन्धान सुरू भएको प्रहरीले जनाएको छ। उक्त शहरको एक निजी बस्तीमा भएको सो हत्याकाण्डमा तीन जना महिला पनि रहेका छन्।

पुएबला प्रान्तको न्यायाधिवक्ताको कार्यालयले सो घटनाको अनुसन्धान सुरू भएको र यसमा लागूऔषधका कारोबारीहरूको हात रहेको अनुमान गरिएको बताएको छ। मारिएकाहरूलाई टाउको, खुट्टा र छातीमा गोली हानिएको सो कार्यालयले जानकारी दिएको छ।

हत्या गरिएको सो घरको वरपर यसअघि पनि लागूपदार्थको किनबेच गर्ने गरिएको थियो। त्यसैले यो हत्याकाण्ड पनि लागुपदार्थको किनबेचमा संलग्न समूहहरूको झगडाका कारण हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ।

मारिएकाहरूको पहिचान हुन सकेको छैन। तीमध्ये कतिपय सोही घरका भए पनि सबैजना भने नभएको अनुमान गरिएको प्रहरीले जनाएको छ।    सिन्ह्वा

प्रकाशित: Mar 10, 2022| 12:23 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।