बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'सरकारले छलकपटपूर्वक डा केसीको ज्यान जोखिममा पार्‍यो'

'सरकारले छलकपटपूर्वक डा केसीको ज्यान जोखिममा पार्‍यो'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकार र डा गोविन्द केसी पक्षसँगको वार्ता विफल भएपछि केसी पक्षले सरकारले छलकपटपूर्वक सत्याग्रही डा गोविन्द केसीको ज्यान जोखिममा पारेको आरोप लगाएको छ। 

वार्ता विफल भएपछि बुधबार बेलुका केसी पक्षका वार्ता टोलीका संयोजक डा अभिषेक राज सिंहले प्रेस विज्ञप्ती जारी गर्दै सरकारले संवेदनशील समयमा आएर छलकपटपुर्वक सत्याग्रही डा केसीको ज्यान जोखिममा पार्ने काम गरेको आरोप लगाएको हो। 

आज २६ औं दिनमा डा केसीको स्वास्थ्य असाध्य नाजुक भइसक्दा पनि सरकारी पक्ष चरम गैर जिम्मेवार र संवेदनविहीन हुँदै विधेयक सम्बन्धी दफागत छलफलमा सार्थक रुपमा प्रवेश नगरेको सिंहद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। 

विज्ञप्तिमा भनिएको छ, 'सरकारको यस्तै अलमलका कारण डा. केसीको स्वास्थ्यमा अपूरणीय क्षति पुग्ने अवस्था आइसकेको छ। यो अवस्थामा थप अलमल गरेर डा केसीको स्वास्थ्यलाई झनै जोखिममा पार्न हामी तयार छैनौं। स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका काममा हलो अड्काउने सरकारको रवैयाको कडा विरोध गर्दर्छौं।'

केसी पक्षले सरकारलाई उपलब्ध गराएको सुचीबमोजिमको सुधारसहित विधेयक पारित गर्ने सरकारी प्रतिवद्धता आएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने जानकारी गराएको छ। 

डा गोविन्द केसी १५ औं सत्याग्रहको २६ औं दिनको वार्ता पनि विफल भएको छ। स्वास्थ्य उपचार कमजोर भएकोले काठमाडौंमा उपचार गराउने भन्दै डा केसीलार्इ अनशनको २० औं दिनमा जबरजस्ती काठमाडौं ल्याइएको थियो। काठमाडौं ल्याइसकेपछि सरकारले कुनै वास्ता नगर्दा चर्को आलोचनापछि वार्ता प्रकृया अघि बढाएको थियो। 

वार्ता प्रकृया अघि बढाए पनि सरकार मुल मुद्दा माफिया पोष्ने विवादित विधेयक फिर्ताका विषयमा गम्भीर नभएपछि वार्ता असफल भएको हो।

अध्यादेश बमोजिमको चिकित्सा शिक्षा ऐन आउनुपर्ने डा केसीको माग छ। यस अघि सरकारले तोडमोड गरेर संसदमा पेश गरेको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने डा केसीको अडान रहेको छ। 

वार्ताको क्रममा हदैसम्म लचकता अपनाउँदै डा केसीका तर्फबाट विधेयक फिर्तीको माग थाँती राख्दै विधेयकका प्रावधानहरुमा सुधार गरी सहमति जुटाउनका लागि सरकार पक्षसँग विभिन्न चरणका अनौपचारिक र औपचारिक छलफलमा गरेपनि सरकारले वेवास्ता गरेको केसी पक्षको आरोप छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।