बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • खप्तड गोल्डकप : दोस्रो सेमिफाइलमा बागमतिलाई फ्रेन्ड्स क्लबको चुनौति

खप्तड गोल्डकप : दोस्रो सेमिफाइलमा बागमतिलाई फ्रेन्ड्स क्लबको चुनौति

बाई पाएर एक खेल मात्र खेलेको फ्रेन्डे्सले पहिलो खेलमा क्यामरुनी क्लब अभेनीलाई हराएको थियो। अभेनीलाई हराएसँगै फेन्ड्स सिधै सेमिफाइनलमा प्रवेश गरेको हो।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

धनगढी- धनगढी रंगशालामा जारी खप्तड गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा बुधबार मोफसलको बागमति युवा क्लबले ए डिभिजन क्लब फ्रेन्ड्सको सामना गर्दैछ।

बाई पाएर एक खेल मात्र खेलेको फ्रेन्डे्सले पहिलो खेलमा क्यामरुनी क्लब अभेनीलाई हराएको थियो। अभेनीलाई हराएसँगै फेन्ड्स सिधै सेमिफाइनलमा प्रवेश गरेको हो।

यता बागमतिले भने उपाधि दावेदार र निकै बलिया दुई टिमलाई हराएको छ। बागमतिले पहिलो खेलमा न्यु रोड टिम (एनआरटी) लाई हराएको छ भने क्वार्टरफाइनल खेलमा मछिन्द्रलाई हराएको छ। मछिन्द्र ए डिभिजन लिगको विजेता हो भने एनआटी लिगमा तेस्रो भएको टिम हो।

बागमतिले दुवैटिमविरुद्ध जित निकाल्न टाइब्रेकरसम्म पुग्नुपरेको थियो। त्यो जितपछि बाग्मतिको मोरल पनि उच्च भएको छ। यता, ए डिभिजन क्लब फ्रेन्ड्स पनि उच्च मनोबलका लागि फाइनल प्रवेशक लागि भिड्दैछ।

अघिल्लो दिनको खेलमा मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पाबीच १-१ को बराबरी भएपछि पेनाल्टी सुटमा मनाङले जित निकालेको थियो। त्यसपछि मनाङ फाइनल प्रवेश गरेको छ।

kumari

आजको खेलमा जित निकाल्ने टिमले फाइनलमा मनाङसँग भेट पक्का गर्नेछ। फाइनल खेल फागुन २८ गते हुनेछ।

प्रकाशित: Mar 10, 2022| 07:47 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।