बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • १७ मिनेटमा बेञ्जेमाको कमब्याक ह्याट्रिकसँगै पीएसजी च्याम्पियन्स लिगबाट बाहिर

१७ मिनेटमा बेञ्जेमाको कमब्याक ह्याट्रिकसँगै पीएसजी च्याम्पियन्स लिगबाट बाहिर

च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिडले सानदार कमब्याक गर्दै अन्तिम आठमा स्थान पक्का गरेको छ।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

काठमाडौं- च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिडले सानदार कमब्याक गर्दै अन्तिम आठमा स्थान पक्का गरेको छ। रियलको घरेलु मैदान बर्नाबेउमा पाहुना टिम पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध जित निकाल्दै रियलले कमब्याक जित निकालेको हो।

रियलको जितमा करिम बेञ्जेमाले ह्याट्रिक गरे। बेञ्जेमाले खेलको दोस्रो हाफको बीचको १७ मिनेटमा ह्याट्रिक पुरा गर्दै पीएसजीविरुद्ध समग्रमा ३-२ को जित निकालेका हुन्। यता पीएसजी भने गएरातिको हारसँगै च्याम्यिन्स लिगबाट बाहिरिएको छ।

च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगको खेल पीएसजीको मैदानमा भएको थियो। पीएसजीको मैदानमा केलियन एम्बाप्पेले गोल गरेपछि रियल एक गोलले पछि थियो।

त्यसैले, गएरातिको खेलमा रियललाई जित निकाल्न पीएसजीलाई रोक्दै कम्तीमा पनि दुई गोल गर्न आवश्यक थियो। तर खेलको ३९औं मिनेटमा पीएसजीका एम्बाप्पेले अर्को गोल गरेका थिए।

एम्बाप्पेको गोलसँगै दोस्रो लेगको पहिलो हाफमा रियलले दुई गोलले पछि परेको थियो। तर, दोस्रो हाफको ६१औं, ७६औं र ७८औं मिनेटमा गोल गर्दै बेञ्जेमाले रियललाई जित दिलाए।

kumari

सो जितपछि रियलका प्रशिक्षक कार्लोस एन्सोलोटीले आफ्नो योजना सुनाएका छन्। उनले भने, ‘हामीसँग एम्बाप्पेका लागि मात्र होइन लियोनेल मेस्सी र नेयमासहित पीएसजीका सबै राम्रो खेलाडीका लागि पनि योजना थियो। हामीसँग बल हुँदा होस् वा नहुँदा सबै खेलाडीलाई ब्लक गर्‍यौँ। हामीले इन्टेन्सिटी लगाएर ९० मिनेट नै पूर्ण फुटबल खेल्यौं।’

उनले थपे, ‘निकै उत्कृष्ट खेलमा जित निकाल्न धेरै कुरा आवश्यक थियो। हामी क्रेजी थिएनौ किनभने खेल जित्नु थियो। गोल गर्नु भन्दा जित्नु महत्त्वपूर्ण थियो। र, जितको मानसिकतासँग खेल्दा यो सम्भव भयो।’

च्याम्पियन्स लिगकै अर्को खेलमा स्पोर्टिङ सीपीलाई बराबरीमा रोक्दै म्यानेचेस्टर सिटी पनि अन्तिम आठमा प्रवेश गरेको छ।

पहिलो लेगमै ५-० को जित निकालेको सिटीले  दोस्रो खेलमा गोल रहित बराबरी गरेपछि समग्रमा ५-० कै जितका साथ अन्तिम आठमा स्थान पक्का गरेको हो।

प्रकाशित: Mar 10, 2022| 07:30 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।