काठमाडौं- २६ दिनदेखि अनशनरत डा गोविन्द केसी जुनसुकैबेला पनि अचेत हुनसक्ते चिकित्सकहरुले चेतावनी दिएका छन्।
उपचारमा संलग्न आवासीय चिकित्सकहरुले बुधबार पत्रकार सम्मेलन गरी डा केसीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउने क्रममा रगतमा सुगरमा मात्रा अत्यन्त कम भएकाले जुनसुकै बेला अचेत हुनसक्ने बताएका हुन्।
आवासीय चिकित्सकहरुका अनुसार आज १५ औँ सत्याग्रहको २६ औँ दिनमा आउदा डा गोविन्द केसीको स्वास्थ्य अवस्था निकै कमजोर बनेको बताएका हुन्। । डा केसीमा सेतो रक्तकोशिकाको संख्या हालसम्मकै न्यून भएको चिकित्सकहरुले जानकारी दिएका छन्।
रगतमा सुगरमा मात्रा अत्यन्त कम भएकाले उहाँ जुनसुकै बेला अचेत अवस्थामा पुग्न सक्नेछन्। रगतमा पोटासियम अति नै कम भइसकेको र मुटुको चाल पनि अत्यन्त कम भइरहेकाले कुनै पनि बेला धड्कनमा समस्या आइ मुटु नै बन्द हुनसक्ने अवस्था आउनसक्ने चिकित्सकहरुले जानकारी गराएका छन्।
डा केसीको रक्तचाप पनि अत्यन्त कम रहेको छ। यसरी मुटुको चाल, धड्कन र रक्तचापको समन्वय नमिल्दा गम्भीर समस्या आउन सक्ने डा लक्ष्मण भुषालले बताएका हुन्।
भुषालका अनुसार यो अवस्थाको बिरामीलाइ आइसियुमा राखेर उपचार गर्नुपर्ने हुन्छ तर डा केसीले यस अघि नै आफू होसमा रहुन्जेल आइसियुमा नजाने बताइसकेका छन्।
यसअघि आमाको विशेष आग्रहमा एकपटक मात्रै स्वास्थ्य जाँच गराएका थिए। सरकारले सुविधासम्पन्न अस्पतालमा लिएर आएको भनेर ढुक्क बसिरहेको अवस्थामा आजसम्म डा केसीको उपचारका लागि सरकारले मेडिकल टिम नै गठन गरेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४