शनिबार, फागुन २३, २०८२

रुस र युक्रेनका विदेशमन्त्रीबीच आज वार्ता हुँदै

रुस र युक्रेनका विदेशमन्त्रीबीच आज टर्कीमा भेटवार्ता हुने भएको छ।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

काठमाडौं– रुस र युक्रेनका विदेशमन्त्रीबीच आज टर्कीमा भेटवार्ता हुने भएको छ। रुसका विदेशमन्त्री सर्गेइ लाभरोभ र युक्रेनी समकक्षी डिमित्रो कुलेबाबीच भेटवार्ता तय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

National life

गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण थालेयता दुई देशका विदेशमन्त्रीबीच पहिलोपटक भेटवार्ता हुन लागेको हो। टर्कीका विदेशमन्त्री मेभ्लुत काभुसोग्लुको प्रस्तावमा वार्ता हुन लागेको हो।

रुस र युक्रेनबीच आज बिहीबार चौधौं दिन पनि युद्ध जारी छ। युक्रेनको राजधानी किएभमा कब्जा गर्ने रुसी सेनाको प्रयास सफल भइरहेको छैन। रुसी र युक्रेनी सेना एकआपसमा लडिरहेका छन्।

रुसी क्षेप्यास्त्र आक्रमणले युक्रेनका सहरहरू ध्वस्त पारेको छ। युक्रेनको राजधानी किएभबाट केही किलोमिटरको दूरीमा रुसी सेना बसेको छ र राजधानी सहरमा थुप्रै घातक हवाई आक्रमण भएका छन्।

युक्रेनको दोस्रो ठूलो सहर खार्किभ धेरै दिनदेखि रुसको तीव्र हवाई प्रहारको केन्द्रबिन्दु बनेको छ र त्यस सहरको केन्द्रलाई नराम्ररी क्षति पुगेको छ।

Laxmi sunrise bank
kumari

किएभ र वरपरको क्षेत्रमा आज पनि विस्फोटन भएको सुनिएको विवरणहरू प्राप्त भएका छन्। किएभमा फेरि हवाई आक्रमणको चेतावनी दिने साइरन बजेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको राजधानी किएभलाई दुई दिनमा कब्जा गर्ने योजना बनाएको अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख विलियम बर्न्सले बताएका छन्।


प्रकाशित: Mar 10, 2022| 07:10 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।