शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेनका यी साहसी बालक, जो एक्लै १२ सय किलोमिटर यात्रा गरेर स्लोभाकिया पुगे

युक्रेनका यी साहसी बालक, जो एक्लै १२ सय किलोमिटर यात्रा गरेर स्लोभाकिया पुगे

युक्रेनबाट भागेका लाखौं शरणार्थीमध्ये एक बालकले अहिले धेरैको ध्यान खिचेका छन्। कारण– ११ वर्षका यी बालक एक्लै १२०० किलोमिटर यात्रा गरेर युक्रेनबाट स्लोभाकिया पुगेका छन्।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

रुसको हमलापछि युक्रेनबाट हजारौं मानिस युक्रेनबाट भागेर आसपासका देशमा शरण लिन पुगेका छन्। अहिले पनि पोल्याण्ड, स्लोभाकिया जस्ता देशमा युक्रेनी शरणार्थीहरु पुगिरहेका छन्। युक्रेनबाट भागेका लाखौं शरणार्थीमध्ये एक बालकले अहिले धेरैको ध्यान खिचेका छन्। कारण– ११ वर्षका यी बालक एक्लै १२०० किलोमिटर यात्रा गरेर युक्रेनबाट स्लोभाकिया पुगेका छन्। 

National life

यी बालकको नाम हो हसन। उनी आफ्नी आमा, हजुरआमासँग युक्रेनमा बस्थे। हसनकी आमाले वृद्ध आमालाई एक्लै छोड्न सकिनन्। त्यसपछि उनले हसनको हातमा पासपोर्ट, दुईटा ससाना ब्याग र आफन्तको फोन नम्बर थमाएर युक्रेनी बोर्डरसम्म पुग्ने रेलमा चढाइदिइन्। 

बोर्डरमा पुगेपछि उनालाई स्वयंसेवकहरुले खान दिए। अनि अध्यागमन अधिकारीहरुले स्लोभाकियाको राजधानी ब्रातिस्लावामा रहेका उनका आफन्तसँग सम्पर्क गराइदिए। 

हसनकी आमाले एक भिडियोमा भनेकी छन्, ‘हामी बस्ने सहर नजिकै एउटा पावर प्लान्ट छ। त्यहाँ रुसी सैनिकले हमला गरिरहेका छन्। म आफ्नी बूढी आमालाई छोड्न सक्दिनँ, न कतै लैजान नै सक्छु। त्यसैले मैले आफ्नो बच्चालाई एक्लै स्लोभाकिया पठाइदिएँ।’ उनका पतिको भने मृत्यु भइसकेको छ। 

रुसी हमलापछि २० लाखभन्दा बढी युक्रेनी छिमेकी देशमा शरण लिन पुगेका छन्। यसमध्ये १२ लाखभन्दा बढी पोल्याण्ड पुगेका छन् भने करिब डेढ लाख स्लोभाकिया पुगेका छन्। 

Laxmi sunrise bank
kumari

जुलिया आफ्नो ११ वर्षे छोरा सकुशल गन्तव्यमा पुगेकोमा खुसी छिन् तर युक्रेनमा रहेका लाखौं बच्चाहरुको चिन्ता छ उनलाई। बालबालिकालाई सुरक्षित राख्न उनले सरकारसँग माग गरेकी छन्। 

स्लोभाकियाको गृह मन्त्रालयका एक अधिकारीले भनेका छन्, ‘हसनले आफ्नो मुस्कान, निर्भिकता र दृढ निश्चयका कारण मानिसको मन जितेका छन्।’ त्यहाँका गृहमन्त्रीले समेत हसनलाई भेटेका छन्।  बीबीसी

प्रकाशित: Mar 10, 2022| 07:06 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।