शनिबार, साउन २, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • रूसमाथि प्रतिबन्धका कारण विश्वव्यापी तेल अभाव हुने ओपेकको चेतावनी

रूसमाथि प्रतिबन्धका कारण विश्वव्यापी तेल अभाव हुने ओपेकको चेतावनी

रूसमाथिको थप प्रतिबन्धका कारण विश्वले पेट्रोलियम पदार्थको अभावको सामना गर्नुपर्ने पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) का प्रमुखले मङ्गलबार चेतावनी दिएका छन्।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

मस्को- रूसमाथिको थप प्रतिबन्धका कारण विश्वले पेट्रोलियम पदार्थको अभावको सामना गर्नुपर्ने पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) का प्रमुखले मङ्गलबार चेतावनी दिएका छन्। 

पेट्रोलियम पदार्थ निर्यातको रूसको हिस्सालाई बदल्न नसकिने र रूसमाथि लगाइने प्रतिबन्धको प्रत्यक्ष असर यस क्षेत्रले सामना गर्न ओपेकका महासचिव मोहम्मद बार्किन्डोले बताए। 

उनले अमेरिकी राज्य टेक्सासको ह्यूस्टनमा सीरावीक विश्वव्यापी ऊर्जा मञ्‍चमा भने, 'यहाँ खतरामा परेको मुद्दा यी अनुमान गरिएका अभावहरू पूरा गर्न विश्वको क्षमता हो।'

रूसले दैनिक ७० देखि ८० लाख ब्यारेल तेल निर्यात गर्दै आएको उल्लेख गर्दै बार्किन्डोले युक्रेन संकटमाथि वित्तीय प्रतिबन्धअन्तर्गत यस्तो तेल निर्यात गर्न असम्भब छ। 

यी प्रतिबन्धलाई उहाँले विश्वले अहिलेसम्म सम्भवतः अन्य कुनै पनि देशमा नदेखेको सबैभन्दा गम्भीर समस्या भनेका छन्। उनले भने, 'आज बिहानसम्म तेलको अभाव देखिएको छैन, तर त्यहाँको रूसमा वित्तीय प्रतिबन्धबीच दिनमा ७० देखि ८० लाख ब्यारेल तेल उत्पादन र निर्यात गर्न जादुमयी विकल्पको आवश्यकता रहन्छ।'

बारकिन्डोले राष्ट्रसंघको लक्ष्य अनुरूप सबैलाई भरपर्दो, सस्तो र स्वच्छ ऊर्जाको पहुँचको अधिकार भएको उल्लेख गर्दै भने, 'तेल र भू–राजनीतिबीचको रेखा पातलो हुँदै जाँदा पनि ‘हामी ऊर्जालाई राजनीतिकरण गर्न सक्दैनौं।'

संयुक्त राज्य अमेरिकाले साउदी अरब पछिको विश्वकै दोस्रो ठूलो तेल निर्यातकर्ता रूसबाट ऊर्जा आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा मङ्गलबार फेरि तेलको मूल्य बढेको छ। 

ब्लूमबर्ग रिपोर्टअनुसार फेब्रुअरीमा यूक्रेन–रूस युद्ध सुरूभएपछिभविश्यको बजारमा तेलको मूल्य ३० प्रतिशत भन्दा बढी बढेको छ।

प्रकाशित: Mar 10, 2022| 05:00 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।