शनिबार, फागुन २३, २०८२

चीनमा फेरि बढ्यो कोरोना संक्रमण, २३३ जना पोजेटिभ

चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन्। उनीहरुकाअनुसार २४ घण्टाको अवधिमा मात्र चीनमा कोरोना भाइरसका २३३ जना नयाँ संक्रमित देखिएका हुन्।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

बेइजिङ- चीनमा केही दिनयता कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ। चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन्। उनीहरुकाअनुसार २४ घण्टाको अवधिमा मात्र चीनमा कोरोना भाइरसका २३३ जना नयाँ संक्रमित देखिएका हुन्।

National life

तीमध्ये अधिकांश स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए। चीनको नेशनल हेल्थ कमिसनले बुधबार दिएको जानकारीअनुसार चीनमा मंगलबार मात्र २३३ जना नयाँ संक्रमित भेटिएका र तीमध्ये अधिकांश चीनभित्रैका नागरिकमा पाइएको हो।

यहाँका जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका हुन्। पछिल्लो समयमा चीनले कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ। चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ। कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरुको निरन्तर परीक्षण गरिरहेको बताइएको छ।

सन् २०१९ को डिसेम्बर अन्तिममा देखिएको कोरोना भाइरसको संक्रमण हालसम्म पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन। 

प्रकाशित: Mar 10, 2022| 05:50 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।