शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेनसँग अर्को चरणको शान्तिवार्ता गर्न चाहेका छौँ : रुस

युक्रेनसँग अर्को चरणको शान्तिवार्ता गर्न चाहेका छौँ : रुस

रुसले युक्रेनसँग पुनः शान्ति वार्ता गर्न चाहेको दोहोर्‍याएको छ। रुसका प्रवक्ता डिमित्री पेस्कोभले बुधबार दिएको जानकारी अनुसार रुसले युक्रेनसँग जतिसक्दो चाडो वार्ता गर्न चाहेको छ।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

मस्को- रुसले युक्रेनसँग पुनः शान्ति वार्ता गर्न चाहेको दोहोर्‍याएको छ। रुसका प्रवक्ता डिमित्री पेस्कोभले बुधबार दिएको जानकारी अनुसार रुसले युक्रेनसँग जतिसक्दो चाडो वार्ता गर्न चाहेको छ। 

National life

रुसले यसअघि भएका तीन चरणका वार्तालाई सकारात्मक रुपमा लिई त्यसलाई अगाडि बढाउनु पर्नेमा जोड दिएको छ। 'हामीले युक्रेनबाट विस्थापित भएका सबैको रक्षाका लागि र उनीहरूको सहयोगका लागि पर्याप्त प्रयास गर्ने छौँ,' उनले भने।

अहिलेको समस्या समाधानका लागि अर्को चरणका प्रयासहरू गर्नुपर्ने देखिएको र त्यसका लागि युक्रेनको तर्फबाट पनि पहल हुनुपर्ने रुसी अधिकारीहरूको भनाई छ।

प्रवक्ता पेस्कोभले रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभ टर्की प्रस्थान गर्न लागेको पनि जानकारी दिए। त्यहाँ हुने कार्यक्रममा उनले युक्रेनका समकक्षीसँग भेटवार्ता गर्ने पनि अपेक्षा गरिएको छ। 

प्रकाशित: Mar 10, 2022| 05:30 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।