आइतबार, मंसिर ७, २०८२

स्पोर्टस अवार्डमा प्लाजा होटल ग्रुपको प्रायोजन

खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ-पल्सर स्पोर्ट्स अवार्ड २०७७’ दशक अवार्डका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले प्लाजा होटल ग्रुपसँग सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

काठमाडौं- खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ-पल्सर स्पोर्ट्स अवार्ड २०७७’ दशक अवार्डका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले प्लाजा होटल ग्रुपसँग सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ।

National life

सहप्रायोजनका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र प्लाजा होटल गु्रपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

१८ औं संस्करणको पल्सर अवार्ड आउँदो चैत ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भव्य रूपमा आयोजना हुनेछ। सह–प्रायोजक बनेवापत प्लाजा होटल गु्रपले अवार्डका कार्यक्रमका लागि आउने अतिथिका लागि आवास सुविधको व्यवस्था गरिदिने सम्झौतामा उल्लेख छ । त्यस सहित मञ्चले आयोजना गर्ने कार्यक्रमहरूका लागि स्थान उपलब्ध गराउने छ।

सम्झौता कार्यक्रममा गु्रपका प्रबन्ध निर्देशक श्रेष्ठले खेलकुदको प्रतिष्ठित कार्यक्रममा आफ्नो संस्था निरन्तर सहयात्रामा रहन पाएकोमा खुसी व्यक्त गर्दै खेलकुदका लागि सहयोग गर्न आफू पछि नपर्ने बताए।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले प्लाजा होटल गु्रपसँगको सहकार्यलाई निरन्तरता दिएकोमा गु्रपका प्रवन्ध निर्देशक युवराज श्रेष्ठप्रति धन्यवाद व्यक्त गरे। स्पोर्टस अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ।

Laxmi sunrise bank
kumari

मनोनयनमा सन्तोषी श्रेष्ठ (एथलेटिक्स(, एन्जिला तुम्बापो सुब्बा (फुटबल), एलिना महर्जन (टेबलटेनिस), र कुशल भुर्तेल (क्रिकेट) र प्रिन्स दाहाल (ब्याडमिन्टन) रहेका छन्। अन्य विधाका विजेता कार्यक्रमकै दिन घोषणा हुनेछ।

प्रकाशित: Mar 09, 2022| 21:40 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।