काठमाडौं– आईसीसीले हरेक महिना छनोट गर्ने उत्कृष्ट खेलाडीको सूचीमा नेपालका दीपेन्द्रसिंह ऐरी पनि छनोट भएका छन्। फेब्रुअरी महिनाको उत्कृष्ट सूचीमा दीपेन्द्र परेका हुन्।
आईसीसीले हरेक महिना उत्कृष्ट खेलाडी घोषणा गर्दै आएको छ। महीनाभर गरेको प्रदर्शनको आधारमा उसले उत्कृष्ट तीन खेलाडीको सूची तयार गर्छ। फेब्रुअरीका लागि आईसीसीले छनोट गरेको सूचीमा नेपालका ऐरीसँगै भारतका श्रेयस अय्यर र यूएईका भृत्य अरविन्द छन्। संसारभरबाट प्राप्त हुने भोटिङका आधारमा एक जनालाई ‘प्लेयर अफ द मन्थ’ घोषणा गरिनेछ।
गत महिना नेपालले खेलेको टी २० विश्वकपको ग्लोबल छनोट प्रतियोगितामा ऐरीले उत्कष्ट प्रदर्शन गरेका थिए। उनले पाँच खेलमा १५९ रन बनाएका थिए। एउटै खेलमा ८३ बनाएका ऐरीले तीन विकेट पनि लिएका थिए।
आईसीसीले उत्कृष्ट खेलाडी घोषणा गर्नका लागि अनलाइन भोटिङ खुला गरेको छ। दीपेन्द्रलाई यहाँ क्लिक गरेर भोट गर्न सकिनेछ।