सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ग्रिस आगलागीमा मृत्यु हुनेको संख्या ८० पुग्यो, राष्ट्रिय शोकको घोषणा

ग्रिस आगलागीमा मृत्यु हुनेको संख्या ८० पुग्यो, राष्ट्रिय शोकको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- ग्रीसको राजधानी एथेन्स नजिकैको गाँउमा सोमबार राती भएको आगलागीमा मृत्यु हुनेको संख्या ८० पुगेको छ।

ग्रीसको माल्टी गाँउबाट करिब २९ किलोमिटर पुर्वमा पर्ने गाँउमा जंगलमा लागेको आगो गाँउमा पस्दा जलेर८० जनाको मृत्यु भएको हो। 

घटनामा सय भन्दा बढि घाईते भएका छन। मृत्य तथा घाईते मध्ये अधिकांश बालबालीका तथा वृद्ध रहेको बताईएको छ। कयौं मानिसहरु अझै हराइरहेका छन्

ग्रिसका प्रधानमन्त्री, आलेक्सीस टिस्पार्सले आगोलागीको घटनालाई बोल्नै नसकिने वियोग भनेका छन। उनले भने, 'ग्रीस एउटा अत्यन्तै कठिन मोडमा उभिएको छ ,हामीसँग अहिले के बोल्ने वाक्य नै छैन।'

ग्रीसमा राष्टिय शोकाको घोषण गर्दै राष्टिय झन्डा आधा झुकाईएको छ। 

राजमार्ग समेत रहेको सो गाँउमा एक्कासी फैलिएको आगोले वृद्ध, बालबालीका तथा सडकमा गुडेका गाडी समेत आगोको घेरामा परेका थिए। आगोको मुस्लो तथा धुवाँका कारण ठुलो हताहाती भएको जनाईएको छ।
    
आगलागी भएको स्थानलार्इ स्थानीय तथा बाह्‍य पर्यटकको आकर्षक गन्तव्य तथा युवा र बालबालीकाको लागी छुट्टी मनाउने उत्तम स्थान मानिन्छ।

ग्रीस सरकारका प्रवत्ता दिमित्रीस ट्जान्कोपुलोसले आगलागीमा ८८ जना वृद्ध तथा १६ जना बालबालीका घाईते भएको जनाएका छन्। धुवाँका मूस्लोमा निसास्सीएर  एक ६ महिनाको बच्चाको समेत ज्यान गएको प्रत्यक्षदर्शीले बताएको रोयटर्सले उल्लेख गरेको छ। 

आगलागीपछि बोस्नीयामा रहेका ग्रीसका प्रधानमन्त्री आलेक्सीस तत्कालै स्वदेस फिर्ता भएका थिए। सन २००७ मा ग्रीसमा भएको आगलागीमा एक दर्जन भन्दा बढिले ज्यान गुमाएका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।