मंगलबार, जेठ १९, २०८३

कलैयाका वडाध्यक्ष अन्सारी लोसपा छोडेर एमालेमा प्रवेश

बाराको कलैया उपमहानगर–९ का वडाध्यक्ष डा. अख्तर आलम अन्सारी नेकपा एमालेमा प्रवेश गरेका छन्।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

काठमाडौं– बाराको कलैया उपमहानगर–९ का वडाध्यक्ष डा. अख्तर आलम अन्सारी नेकपा एमालेमा प्रवेश गरेका छन्। उनी लोकतान्त्रिक समाजवादी पार्टीबाट वडाध्यक्ष निर्वाचित भएका थिए।

National life

बुधबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वडाध्यक्ष अन्सारीलाई पार्टीमा स्वागत गरेका छन्। आफ्नो वडालाई नेपालकै नमुना वडा बनाउने सपना पूरा गर्न पार्टी परिवर्तन गर्नुपरेको अन्सारीको भनाइ छ।

उनले मधेश आन्दोलनका माग र सहिदको सपना पूरा गर्न नसकेको, मधेसका मुद्दाहरु ओझेलमा पार्ने गतिविधिमा संलग्न भएकोले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेको बताएका छन्। अन्सारीले भने, मेरो वडालाई नेपालकै नमुना बनाउने सोच छ, ठूलो पार्टीबाट मात्रै यो भिजन पूरा हुने देखें, त्यसैले नेकपा एमाले रोजेको हुँ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बाराको आदर्श कोतवालमा फागुन २८ गते हुने बृहत् पार्टी प्रवेश कार्यक्रममा आफ्नो वडाबाट थप एक हजार नेता–कार्यकर्तालाई प्रवेश गराउने उनले दाबी गरेका छन्।


प्रकाशित: Mar 09, 2022| 13:21 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।