आइतबार, मंसिर ७, २०८२

आजदेखि देहिमाडौंमा मेयर कप क्रिकेट

दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिता चैत २ गते सम्पन्न हुनेछ।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि पाचौँ संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिता चैत २ गते सम्पन्न हुनेछ। 

National life

प्रतियोगिता देहिमाडौंमा उद्घाटन गरिने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए। निङग्लाशैनी खेलमैदान देहिमाडौंमा हुने उद्घाटन खेलमा दशरथचन्द नगरपालिका-४ खलङ्गा र नगरपालिकाका ९ ग्वाल्लेक भिड्ने भएका छन्। प्रतियोगितामा सहभागी हुने ११ टोलीलाई चार समूहमा विभाजन गरिएको नगर क्रिकेट समितिले जनाएको छ।  

उपाधि विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ। नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार हरेक वर्ष मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै आएको छ।

प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ। यसअघि गतवर्ष सम्पन्न चौंथो संस्करणको मेयर कपको उपाधि वडा नं ५ दशरथचन्दलाई ४ रनले स्तब्ध पार्दै वडा नं ४ खलङ्गाले  हात पारेको थियो। यसैबीच पाँचौँ संस्करणको उपमेयर कप महिला क्रिकेट प्रतियोगिता भने चैत ४ गतेदेखि सञ्चालन हुने नगर क्रिकेट समितिले जनाएको छ। 

प्रकाशित: Mar 09, 2022| 13:16 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।