शनिबार, फागुन २३, २०८२

अमेरिकाले रुसबाट तेल आयातमा लगायो प्रतिबन्ध

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुस हमलाविरुद्धको जवाफमा उसको अर्थव्यवस्थालाई थप कमजोर बनाउने रणनीति लिएका छन्।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुस हमलाविरुद्धको जवाफमा उसको अर्थव्यवस्थालाई थप कमजोर बनाउने रणनीति लिएका छन्। बाइडेनले मंगलबार अमेरिकाले रुसबाट आयात हुने तेलमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। र, उनले यससँगै अमेरिकाका ग्यास पम्पमा लागत बढ्नेसमेत दाबी गरेका छन्।

National life

यो कारबाही युक्रेनका राष्ट्रपति वोलोदिमीर जेलेस्कीद्वारा अमेरिका र पश्चिमी देशका अधिकारीले आयातमा कटौती गर्न अपिल गरेपछि गरिएको हो।

रुसको वित्तीय क्षेत्रमाथि लगाइएको गम्भीर प्रतिबन्धले त्यहाँको आर्थिक अवस्थालाई स्थिर तुल्याइदिएको छ। बाइडेनले पुटिनको युद्धलाई बढवा पुग्ने सबै सहयोगमा प्रतिबन्ध गरिने बताएका छन्। त्यसैले तेलको आयातमा समेत प्रतिबन्ध लगाउने निर्णय गरिएको उनले बताए।

उनले यस कारबाहीले रुसलाई युद्धका लागि धन जुटाउन अप्ठ्यारो पार्ने ठूलो धक्का भएको बताएका छन्। बाइडेनले स्वन्त्रताको रक्षाका लागि अमेरिकी जनताले केही महँगीको सामना भने गर्नुपर्ने बताएका छन्।

प्रकाशित: Mar 09, 2022| 08:32 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।