शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • रुस-युक्रेन युद्ध : युक्रेनका ३३ वर्षीय अभिनेता पाशाको मृत्यु

रुस-युक्रेन युद्ध : युक्रेनका ३३ वर्षीय अभिनेता पाशाको मृत्यु

रुस र युक्रेनबीच युद्ध जारी छ। यस युद्धमा अहिलेसम्म युक्रेनका हजारौं सैनिक र आम नागरिकले ज्यान गुमाइसकेका छन्।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

काठमाडौं- रुस र युक्रेनबीच युद्ध जारी छ। यस युद्धमा अहिलेसम्म युक्रेनका हजारौं सैनिक र आम नागरिकले ज्यान गुमाइसकेका छन्।

National life

यहीबीच युक्रेनका अभिनेता पाशा लीले पनि देशको रक्षा गर्दागर्दै ज्यान गुमाएका छन्। पाशा फ्रन्टलाइनमा रहेर सेनाको निर्देशन पालना गरिरहेका थिए। यही क्रममा ६ मार्चमा इरपिनमा भएको बमबारीमा उनले ज्यान गुमाएका छन्।

उनको निधन बारेको खबर ओडेसा इन्टरनेशनल फिल्म फेस्टिभलमा पोस्ट शेयर गरिएको छ। उनी ३३ वर्षका थिए। युद्ध सुरु हुँदा नै उनले अभिनय छोडेर युक्रेनको टेरिटोरियल डिफेन्स युनिटमा सामिल भएका थिए।

पाशा ली युक्रेनका फेमस अभिनेता, डबिङ् आर्टिस्ट, गायक र म्युजिक कम्पोजर थिए। उनले २००६ 'स्टोलन्या' नामको फिल्मबाट डेब्यू गरेका थिए।

प्रकाशित: Mar 09, 2022| 07:51 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।